अफगानिस्तानका पूर्व अर्थमन्त्री खालिद पाएन्दा अमेरिकामा ट्याक्सी ड्राइभर

-


     नेपालय न्युज    
     चैत्र ६ गते २०७८


खालिदको अर्थ हो स्थायी । तर, अफगानिस्तानका अर्थमन्त्री रहेका खालिद पाएन्दाको जीवनमा केही स्थायी जस्तो छैन । गत वर्षको अगस्टसम्म जो व्यक्ति मुलुकको ६ अर्ब डलरको कोष व्यवस्थापन गर्थे । आज उनी अमेरिकामा पेट भर्नका लागि ट्याक्सी ड्राइभर बनेका छन् । हाल अफगाानिस्तान तालिबानको कब्जामा छ । अमेरिकी सेना अफगानिस्तान छोडेर गइसकेको छ । राष्ट्रपति असरफ गनी र उनको मन्त्री आवामलाई सहयोगबिनाको अवस्थामा छोडेर विदेश गएका छन् । खालिद पनि उनीहरु मध्येका एक हुन् । उनको अवस्था गनीको जस्तो छैन । उनी अमेरिकाको वासिङटन डीसीमा ट्याक्सी चलाएर आफ्नो गुजारा गरिरहेका छन् ।

बोनसका लागि प्रयास गर्दै
वासिङटन पोष्टसँगको कुराकानीमा खालिद भन्छन्,‘अघिल्लो दुुई दिनमा मैले ५० ट्रिप्स पुरा गर्नु छ । यसको बदलामा मलाई ९५ डलर बोनस प्राप्त हुन्छ । घरमा पत्नी र चार छोराछोरी छन् । केही बचत थियो । त्यसबाट पनि काम चलिरहेको छ । मेरो देश अफगानिस्तानमा अवस्था अत्यन्त खराब छ । महामारी पनि थियो नै, अब सुख्खा पर्न थालेको छ । विश्वले सबै प्रतिबन्ध लगाई दिएको छ । अर्थतन्त्र ध्वस्त भइसकेको छ र तालिबाननले महिलाको जिन्दगी खराब बनाइ दिएका छन् । जो बाइडेनले अफगानिस्तानमा तालिबानको कब्जाको टुक्रा त्यहाँको सरकारमै फोडिदिएका छन् । अमेरिकी राष्ट्रपतिले भनेका थिए,‘हामीले अफगानिस्तान सरकारलाई प्रत्येक चिज उपलव्ध गराएका थियौ । उनीहरुले आफ्नो भविष्य राम्रो बनाउनु भनेर प्रत्येक मौका दियौँ ।’

कतैको पनि भइनँ
खालिद भन्छन्,‘मेरो जिन्दगीको एक हिस्सा अफगानिस्तानमा बित्यो । अब म अमेरिकामा छु । साँचो भनौं भने अब म कतैको भइन । आफ्नो देश फर्कन सक्दिन र यहाँको पनि कुनै निश्चितता छैन । आज मलाई ४ डलर टिप्स प्राप्त भयो ।’ खालिदका अनुसार उनले तालिबानको कब्जाको केही दिन पहिले अफगानिस्तानको अर्थ मन्त्रीको पदबाट राजीनामा दिएका थिए । लेबनानको एक कम्पनीको भुक्तानी भएको थिएन र यसैका कारण राष्ट्रपति गनी उनीसँग रिसाएको उनले बताए । उनले आपूmलाई धेरै झुट सुनाएको पनि बताए ।

१५ अगस्ट पहिले देश छोडिदिएका थिए
पाएन्दाको परिवार अगस्टको पहिलो सातामै अफगानिस्तानबाट अमेरिका पुगेका थिए । उनी पनि १५ अगस्ट पहिले वासिङटन पुगेका थिए । खालिन्दा भन्छन्,‘विश्वले हामीलाई २० वर्ष दियो । सबै प्रकारको सहयोग ग¥यो । दुर्भाग्यवश हामी असफल भयौँ । भ्रष्टाचारका कारण हाम्रो व्यवस्था ताशको पत्ता जस्तै बिग्रियो । सत्यता यो हो कि हामीले आफ्नो जनतालाई धोका दियौँ । मन्त्रीहरुलाई तालिबानले देश कब्जा गर्छन् भन्ने थाहा थियो । उनी ह्वाट्सएपमा देश छोड्ने सन्देश आदान–प्रदान गरिरहेका थिए ।’

घाउलाई झनै ठूलो बनाउनु ठीक होइन
आखिरमा अफगानिस्तानमा के भएको थियो ? यो सवालमा खालिद भन्छन्,‘ यो घाउको दुखाई जस्तै हुनेछ । विशेष कुरा के छ भने मोहम्मद उमर तालिबानको शासनमा अर्थ मन्त्री हुन् र उनी खालिदको सानोका साथी पनि हुन् ।
कुनै समय पाकिस्तानमा समय बिताएका खालिदले अफगानिस्तानमा पहिलो निजी विश्वविद्यालय बनाएका थिए । अमेरिकाले अफगानिस्तानमा लोकतन्त्र, महिला अधिकार र मानवअधिकारको लामो लडाइ लडेको उनी बताउँछन् । २००८ मा खालिद पहिलो पटक अमेरिका आएका थिए । अमेरिकाले भनेकाले नै असरफ गनीले २०१६ मा उनलाई उप अर्थमन्त्री बनाएका थिए । काबुलमा उनको आमाको कोरोनाका कारण मृत्यु भएको थियो । उनको साथी र श्रीमती खालिद अर्थ मन्त्री नबनुन् भन्ने चाहन्थे । किनकी उक्त समयमा तालिबान तीव्र रुपमा बढिरहेको थियो ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com