सीले बाइडेनलाई भने- ‘ताइवानमा कुनै गल्ती भयो भने चीन-अमेरिका सम्बन्धमा असर पर्न सक्छ’

-


     नेपालय न्युज    
     चैत्र ५ गते २०७८


युक्रेनमा रुसले गरेको आक्रमणबीच एकातिर अमेरिकाले रुसविरुद्ध विभिन्न देशबाट समर्थन जुटाउने प्रयास गरिरहेको बेला चीनले अमेरिकालाई ताइवानको विषयमा चेतावनी दिएको छ ।

शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता भएको थियो। यस क्रममा सीले बाइडेनलाई ताइवान मुद्दामा कुनै पनि त्रुटिले चीन(अमेरिका सम्बन्धमा नकारात्मक असर पार्न सक्ने बताएका हुन् । समाचार एजेन्सी रोयटर्सले चिनियाँ मिडियालाई उद्धृत गर्दै सीले ताइवान आफ्नो एउटा प्रान्त भएको र सो एक दिन फेरि चीनको हिस्सा बन्नेछ भन्ने चीनको विश्वास रहेको कुरा बाइडेनलाई स्पष्ट पारेको उल्लेख गरेको छ ।

चीनले ताइवानलाई बल प्रयोग गरेर फिर्ता ल्याउन सकिने र यो अमेरिकासँगको सम्बन्धको सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण मुद्दा भएको बताएको छ । बाइडेनसँगको कुराकानीमा सीले भने, ‘अमेरिकाका केही व्यक्तिहरूले ताइवानका स्वतन्त्रता समर्थक शक्तिहरूलाई गलत संकेतहरू पठाइरहेका छन्, यो धेरै खतरनाक छ। यसले दुई देशको सम्बन्धमा धेरै नराम्रो प्रभाव पार्नेछ।’

यता ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा सीसँगको वार्ताका क्रममा बाइडेनले ताइवानका सम्बन्धमा अमेरिकाको नीतिमा कुनै परिवर्तन नभएको दोहोर्‍याएको कुरा उल्लेख छ । बाइडेनले अमेरिकाले ‘यस्तिस्थितिमा एकपक्षीय परिवर्तनको विरोध गर्न जारी राख्नेछू भन्ने कुरामा जोड दिएका थिए । यसैबीच, ताइवानको विदेश मन्त्रालयले बाइडेनलाई धन्यवाद दिएको छ।’
बीबीसी

WP2Social Auto Publish Powered By : XYZScripts.com