मिस वर्ल्डको ताज पोल्याण्डकी क्यारोलिना बेल्वास्काले जितिन्

-


     नेपालय न्युज    
     चैत्र ३ गते २०७८


यस वर्षको विश्व सुन्दरी (मिस वर्ल्ड) को ताज पोल्याण्डकी क्यारोलिना बेल्वास्काले जितेकी छन् ।

नेपाली समय अनुसार आज बिहान अमेरिकाको पुएट्रोरिकोस्थित सानज्वाँ शहरमा सम्पन्न मिस वल्र्डको फाइनलमा अन्य प्रतिष्पर्धीहरुलाई उछिन्दै क्यारोलिना मिस वर्ल्ड बनेकी हुन ।

प्रतियोगितामा अमेरिकाकी श्री सैनी फर्स्ट रनरअप भइन् भने सेकेन्ड रनरअपको ताज कोट डी आइभोरीकी ओलिभिया यसले जितेकी छन् ।

मिस वर्ल्डको अन्तिम ३० मा पुगेकी मिस नेपाल नम्रता श्रेष्ठ भने त्यो भन्दा अघि बढ् सकिनन् । कूल ९७ प्रतिस्पर्धी मध्येबाट ४० जना प्रतिस्पर्धीलाई मात्र फाइनलमा सहभागी गराइएको थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com