वारेन बफेटको कम्पनीको शेयर सवैभन्दा महंगो : एक कित्ता शेयरको भाउ ६ करोडभन्दा बढी !

-


     नेपालय न्युज    
     चैत्र १ गते २०७८


न्यूयोर्क (अमेरिका) । विश्वका पाँचौ धनी व्यक्तित्वको रुपमा परिचित ९१ वर्षिय वारेन बफेट विश्व शेयर बजारमा कुनै नौलो नाम हैन ।

अमेरिकी अर्बपति बफेटको कम्पनी वर्कशायर हाथवे इंकले शेयरधनीहरुलाई जब रुस युक्रेन बीच युद्ध शुरु भयो तब आश्चर्यजनक प्रतिफल दिएको छ । अहिले उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता करीब ५ लाख डलर अर्थात् ६ करोड नेपाली रुपैयाँभन्दा बढी पुगेको छ ।

उक्त कम्पनीको मूल्य जतिखेर आश्चर्यजनक रुपमा बढेको छ, त्यतिखेर नै यूक्रेन र रुस बीच युद्धका कारण विश्वभर व्यापार व्यवसाय प्रभावित भइरहेको छ ।

कम्पनीको क्लास ए को शेयरको मूल्य यो वर्ष अहिलेसम्म १० प्रतिशतले वृद्धि भइसकेको छ । त्यसैगरी कम्पनीकै शेयर मूल्य स्ट्याण्डर्ड एण्ड पूअर्स ५०० इन्डेक्समा १२ प्रतिशतले वृद्धि भइसकेको छ । कम्पनीको बजार पूँजीकरण ७३१ विलियन डलर रहेको छ । उक्त कम्पनी अमेरिकाको छैटौं ठूलो कम्पनी पनि हो । ओमाहास्थित उनको कम्पनीको शेयरमूल्य अहिले कीर्तिमानी उच्चस्तरमा पुगेको छ ।

कम्पनीको शेयरमूल्य विश्वमै सबैभन्दा महँगो पनि छ । त्यसो त वर्कशायरपछि स्वीजरल्यान्डको चक्लेट कम्पनी लिन्ट एन्ड स्प्रिङ्ली कम्पनीको शेयर विश्वमै दोस्रो महंगो शेयरका रुपमा रहेको छ । उक्त कम्पनीको एक कित्ता शेयरको भाउ १ लाख ७ हजार ९११ अमेरिकी डलर रहेको छ । यसको बजार पूँजीकरण चाहीं २४ अर्ब डलरभन्दा बढी रहेको छ ।

बफेटको स्वामित्वमा रहेको लगानी कम्पनी वर्कशायर हाथवे कोका–कोलाको सबैभन्दा ठूलो लगानीकर्ता हो । सन् २०२० को अन्त्यसम्ममा उक्त कम्पनीमा वर्कशायरको करीब १७ अर्ब डलर बराबरको ९ दशमलव ३ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

उनी वर्कसायर हाथवे का अध्यक्ष र सीईओ पनि हुन्। उनलाई विश्वको सर्वाधिक सफल लगानीकर्ता मध्ये एक मानिन्छ। २०१९ को डिसेम्बरको एउटा तथ्यांक अनुसार उनको खुद सम्पत्ति ८८ दशमलव ९ अर्ब डलरभन्दा बढी रहेको छ ।

उनी अहिले पनि खर्बपतिको क्लबमा कायमै छन् । उनले अमेरिकी खर्बपति एलन मस्क, जेफ बेजोस र बिल गेट्सलाई पछ्याइरहेका छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com