गिरिजाप्रसादलाई राष्ट्रपति नबनाउनु मेरो गम्भीर गल्ती थियो : प्रचण्ड

-


     नेपालय न्युज    
     फागुन २९ गते २०७८


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई देशको प्रथम राष्ट्रपति नबनाउनु आफ्नो गल्ती भएको स्वीकारेका छन्।
आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।

‘ठूलो पार्टीका रुपमा स्थापित भएपछि हाम्रो खुट्टा भुइँमा भएन। गिरिजाप्रसाद कोइराला विचरा, ती बुढा मान्छे । जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भएको हो । उहाँले राष्ट्रपति बन्न खोज्दा दिइँन’, प्रचण्डले भने, ‘खुरुक्क गिरिजाप्रसादलाई राष्ट्रपति दिन पाएको भए पाँचै वर्ष हाम्रो सरकार हुन्थ्यो । फर्केर हेर्दा अहिले अनौठो लाग्छ ।’

प्रचण्डले ०७४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा र मधेस केन्द्रित दलका नेता बारम्बार खुमलटार आएर पाँच वर्षका लागि एकलौटी प्रधानमन्त्री बन्न आग्रह गरेको पनि बताए।
तर आफूले वाम गठबन्धनको भावनाअनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाएको बताए ।

तर, चार वर्षमै आफूले पटकपटक बूढानीलकण्ठ गएर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गर्नुपर्ने अवस्था आउनुलाई उनले विचित्र अवस्थाको संज्ञा दिए।

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com