संकटग्रस्त युक्रेनमा एक अमेरिकी पत्रकार मारिए

-


     नेपालय न्युज    
     फागुन २९ गते २०७८


चर्चित पत्रिका न्यूयोर्क टाइम्सका पूर्व फोटो पत्रकार ब्रेन्ट रेनाउड युक्रेनको इर्पिनमा मारिएको न्यूयोर्क टाइम्सले पुष्टि गरेको छ। उनी द्वन्द्वग्रस्त युक्रेनमा न्यूयोर्क टाइम्सका लागि रिपोर्टिङमा नगएको टाइम्सले जनाएको छ। तर उनले न्यूयोर्क टाइम्सको प्रेस परिचयपत्र चाहिँ भिरिरहेका थिए।

रेनाउडले न्यूयोर्क टाइम्सका लागि भिडियो पनि खिच्ने गर्थे। उनी सन् २०१५ सम्म न्यूयोर्क टाइम्समा आबद्ध थिए।

१७ दिन यता रुसी र युक्रेनका सेनाबीच राजधानी किभ लगायत युक्रेनका बिभिन्न स्थानमा भिडन्त भइरहेको छ। रुसी सेनाले युक्रेनका सैन्य अखडामा निरन्तर हमला गरिरहेको छ। त्यसक्रममा रुसी र युक्रेनका सेनाबीच भिडन्त भइरहेको छ।

रुसले १७ दिन अघि सैन्य आक्रमण गरेपछि युक्रेन संकटमा परेको हो। अमेरिका र पश्चिमा मुलुकले युक्रेनलाई थप हतियार पठाइरहेका छन्।

अमेरिका लगायत पश्चिमा मुलुकले रुसमाथि कडा आर्थिक नाकाबन्दी लगाएका छन्। युक्रेन संकटलाई पश्चिमा मुलुक र रुसबीचको भूराजनीतिक टकरावको हिस्सा मानिएको छ।

युक्रेनले अमेरिकी धुरीको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता लिन प्रयास गरेपछि रुस चिढिएको हो। युक्रेनलाई नेटोको सदस्यताबाट रोक्न रुसले सैन्य हमला गरेको हो। एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com