
तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ सेराबेसीमा कृयाशिल शिव शक्ति महिला समूहको सातौं साधारणसभा एवम् चौथो अधिवेशनले उमादेवी पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
समूहको उपाध्यक्षमा निशा भुजेल, सचिवमा सुनिता सुनार, सह सचिवमा सुस्मिता सुनार र कोषाध्यक्षमा प्रतिक्षा अधिकारी रहनुभएको छ । त्यस्तै समितिका सदस्यहरूमा शारदा पन्थी, गीता पन्थी, गुना खत्री, लक्ष्मीदेवी बराल, कोपिला पन्थी र मञ्जु पन्थी हुनुहुन्छ ।
अधिवेशनले कार्यसमितिका पदाधिकारी तथा सदस्य सर्वसम्मत रुपमा चयन गरेको निर्वाचन समितिका संयोजक ठाकुरप्रसाद खनालले जानकारी दिनुभयो ।
यसैबीच साधारणसभा एवम् अधिवेशनको उद्घाटन गर्दै शुक्ला गण्डकी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रविचन्द्र पौडेलले सेराबेसीको विकासका लागि वडाका तर्फबाट निरन्तर सहयोग गरिएको बताउनुभयो । शुक्ला गण्डकी नगपालिकाको वडा नं १ को भूभाग ठूलो भएका कारण हप्तामा एक दिन सेरावेसीबाट वडा सेवा केन्द्र मार्फत सेवा दिने तयारी भएको उहाँले जानकारी दिनुभयो । समूहका अध्यक्ष अनिशा भुजेलको अध्यक्षता एवम् सचिव नानु आलेले सञ्चालन गर्नुभएको कार्यक्रममा समाजसेवी एवम् राजनीतिक व्यक्तित्वहरू डिल्लीराम अधिकारी, खेमराज अधिकारी लगायतले बोल्नुभएको थियो ।
उक्त अवसरमा समूहलाई समाजसेवी युवराज खनालले साउन्ड सिस्टम, सुशिला कुँवरले स्टिल दराज र मधुमाया पन्थीले सिलिन्डर सहित ग्याँस चुल्हो सहयोग गर्नुभएको थियो ।