
पोखरा ११ को मेडिप्लस हस्पिटलले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रमबाट ३ सय ५० जना लाभान्वित भएका छन्। शनिबार कास्कीको रुपा गाउँपालिका ३ स्थित पोल्याङको जनता माविमा आयोजना गरेको उक्त शिविरबाट ३ सय ५० जना लाभान्वित भएको हस्पिटलले जनाएको छ ।
उक्त शिविरमा हस्पिटलका १३ जना कन्सल्टेण्ट, चिकित्सक, स्टाफनर्स, कर्मचारी सहित ४२ जनाको टोली सहभागि भएको हस्पिटलका व्यबस्थापक गौतम पौडेलले बताए । हस्पिटलका अध्यक्ष रमेश कुमार थापाले उक्त शिविरको उद्घाटन गर्दैै सामाजिक उत्तरदाहित्व अन्र्तगत आफुहरुले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको बताए । आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर गर्ने तथा शिविरमा सम्भव नभएका उपचारहरु समेत २० प्रतिशत सहुयत दरमा अस्पतालमा प्रदान गर्ने उनले वचत दिए ।

कार्यक्रममा जनता मावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर भुजेल, विद्यालयका प्रध्यानाध्यापक विश्व रन्जन सुवेदी, सहायक प्रध्यानाध्यापक उदय ढुंगाना, पूर्व प्रध्यानाध्यापक कृष्णप्रसाद नेपाल, कार्यक्रम संयोजक मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर का संस्थापक शेयरधनी डा. दीपक सुवेदी, समाजसेवी तीर्थ जंगली लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमलनाई सफल पार्न लियो क्लव अफ पोखरा पिस चौतारी, रुपा गाउँपालिका वडा नम्बर ३ कार्यालय, जनता मावि, जन जाग्रिती आमा समुह, जन ज्योति आमा समुह, जन हिमाल आमा समुह, चन्द ज्योति आमा समुह, जय शान्ति आमा समुहले सहयोगीको भुमिका खेलेको पौडेलले जनाए । उक्त कार्यक्रमलनाई सफल पार्न लियो क्लव अफ पोखरा पिस चौतारी, रुपा गाउँपालिका वडा नम्बर ३ कार्यालय, जनता मावि, जन जाग्रिती आमा समुह, जन ज्योति आमा समुह, जन हिमाल आमा समुह, चन्द ज्योति आमा समुह, जय शान्ति आमा समुहले सहयोगीको भुमिका खेलेको पौडेलले जनाए ।
उक्त शिविरमा हार्डजोर्नी तथा नशारोग, पेट, छाती तथा मुटुरोग, बाल रोग, जनरल सर्जरी, स्त्री तथा प्रसुती रोग, नाक, कान, घाँटी, रेडियोलोजि, मधुमेह रोग परिक्षण, ई.सि.जि.,भिडियो एक्स रे लगायतको सेवा उपलब्ध गराएको अस्पतालले जनाएको छ । मेडि प्लस अस्पतालमा चौबिसै घण्टा आपतकालीन सेवा, बिषेशज्ञहरुको बहिरंग सेवा(ओपीडी), आपतकालिन ट्मा सेवा, सघन उपचारकक्ष(आईसियू), आधुनिक प्रयोगशाला, ई क्लिनिक एवं टेलिमेडिसिन, होम केयर सेवा लगायकतो सेवा रहेको व्यबस्थापक पौडेलले बताए ।