
गैरआवासीय नेपाली संघ (एनआरएनए) संरक्षक परिषदका प्रमुख संरक्षक शेष घलेले संघको १० औं महाधिवेशन मार्च २२-२५, २०२२ मा सम्पन्न गर्नको लागि उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा तयारी समिति गठन गरेपछि महाधिवेशनको तयारी द्रुत गतिमा अगाडी बढेको छ।
एनआरएनएका उपाध्यक्ष तथा १० औं महाधिवेशन आयोजक समितिका संयोजक सोनाम लामाले छोटो समयमा नै भब्य रुपमा महाधिवेशन सफल पार्न तयारी द्रुत गतिमा हुँदै गरेको जानकारी दिनुभएको छ। अब आयोजक समितिमा पूर्णता दिने काम हुँदैछ। काम अगाडी बढेको छ, विभिन्न कमिटीहरु पनि गठन हुँदैछन।
उपाध्यक्ष लामाका अनुसार इभेण्ट स्पन्सरको लागि पनि विभिन्न उद्योग ब्यबसायहरुमा सम्पर्क गरिंदैछ। आज मात्रै एकै दिनमा ५ वटा ठुला ब्यबसायले प्लाटिनम स्पोन्सर गर्ने कुरा गरेका छन्। उनीहरुबाट ५० लाख रुपैयाँ बराबरको प्रयोजन हुने भएको छ। त्यसैगरी इभेण्ट पार्टनरहरुको पनि लिष्ट आएको छ। भोलि सम्ममा अरु थप समेत गरेर एक करोड रुपैयाँ बराबरको प्रायोजकहरु हुने कुरामा लामाको विश्वास रहेको छ।
उता महाधिवेशनको काठमाण्डौमा रहेको टिम खटेको छ। भेन्यू हेर्ने काम हुँदैछ। दुइ-तीन ठाउँ मध्ये कुनै एक ठाउँमा आज नै कन्फर्म हुनेछ। अब धमाधम प्रतिनिधि र पदाधिकारीहरु पनि नेपाल आउने क्रम जारी छ। म एकदम विश्वत छु, यस्तो कठिन घडीमा आयोजना गरिएको यो महाधिवेशन भब्य रुपमा सम्पन्न हुनेछ, उपाध्यक्ष लामाले भन्नुभयो।