
मनोहरि पौडेल,
पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि. पुरानोधारा पोखरा १२ को सहकारी शिक्षा तालिम तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको सहकारी शिक्षा तालिम तथा बनभोज कार्यक्रमका प्रमुख अतिथि भुमि ब्यबस्था कृषि सहकारी तथा गरीवी निवारण मन्त्रालय गण्डकी प्रदेशका सहकारी रजिष्टारको कार्यालयका रजिष्टार उदय बहादुर पराजुलीले सहकारीका सदस्यहरुलाई यस्ता सहकारी शिक्षा तालिमले सदस्यहरुलाई सहकारी भनेको केहो भन्ने कुराको जानकारी हुने बताए ।

चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेश बहादुर कार्कोले चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था कास्कीका औलामा गनिने सहकारीहरु मध्यमा चिनिने सस्था भएकोले सहकारीका सदस्यहरुले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्ने बताउदै सहकारीलाई आगामी दिनमा थप व्यवस्थित रुपमा सञ्चालन गरिनेमा जोड दिए ।
कार्यक्रममा कमल पोखरी बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक रन्जन कुवरले प्रशिक्षण दिदै समानता, सामुदाय प्रति चासो, दिगो बिकास र सदस्यहरु पÞति चासो लगायतका बिषयमा जानकारी गराएका थिए ।
चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेश बहादुर कार्कोको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव श्याम प्रसाद साँखीले कार्यक्रम सन्चालन शिक्षा समिति संयोजक तथा कार्यक्रम संयोजक सुवास तज्याले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने शिक्षा समिति सदस्य मन्जु देवी पहारीले सहकारीका सात सिद्वान्त बाचन गरेकी थिइन् ।
