
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुढो भइसकेको कांग्रेस जोगाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाइरहेको लगाएका छन्।
मोरङको रंगेलीमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनाए पनि कांग्रेस नबौरिने टिप्पणी गरे ।अध्यक्ष ओलीले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिए ।
उनले कांग्रेससँग देश बनाउने विचार नरहेको जिकिर गर्दै काँग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको छ भने । अध्यक्ष ओलीले दशकौँसम्म बन्न नसकेको नेपाल नेकपा एमालेको सरकार हुँदा तीन वर्षमा असाधारण काम अगाडि बढेको जिकिर गरे ।
रंगेलीका प्रमुख, उपप्रमुखसहित माओवादीबाट निर्वाचित वडा नम्बर ७ का रामचन्द्र मण्डल र वडा नम्बर १ का अध्यक्ष महेशकुमार खनाल एमाले प्रवेश गरेका छन् ।