ओलेना जेलेन्स्का : युक्रेनका राष्ट्रपतिकी श्रीमती जो पर्दा पछाडि निभाइरहेकी छिन् महत्वपूर्ण भूमिका

-


     नेपालय न्युज    
     फागुन २४ गते २०७८


युक्रेनमाथि रुसको हमलापछि जब देशका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले देश छोड्ने प्रस्ताव पाए तब उनले भिडियोमार्फत् भने, ‘मलाई हतियार चाहिएको छ, यातायात होइन ।’

उनकी श्रीमती ओलेना जेलेन्स्का र दुई बच्चा साशा र सिरिलले पनि देशमा नै बस्ने निर्णय गरे ।

राष्ट्रपतिले उनीपछि उनको परिवार रुसको अर्को निशानामा भएको बताउने गरेका छन् । त्यसपछि मानिसको नजर देशकी प्रथम महिला र जेलेन्स्कीकी श्रीमतीतर्फ मोडिएको छ, सुरक्षाका कारण उनीहरु बसेको ठाउँबारे कसैलाई पनि थाहा छैन ।

जेलेन्स्का जहाँ बसिरहेकी छिन् त्यहाँबाट उनले आफ्नो प्रभावको प्रयोग गर्दै सोसल मिडियामार्फत् देशको हितबारे कुरा गरिरहेकी छिन् ।

अघिल्लो हप्ता उनले लेखिन्, ‘आज म न रुनेछु न डराउनेछु । म संयमित र आत्मविश्वासी हुनेछु । मेरा बच्चा मतिर हेरिरहेका छन् । म उनीहरुसँगै बस्नेछु । र म मेरा श्रीमानसँगै बस्नेछु, तपाईंहरुको साथमा हुनेछु ।’

यतिबेला उनले दुनियाँका अन्य प्रथम महिलाका लागि नयाँ मेसेज साझा गरिन् । उनले अन्य प्रथम महिलाले के गर्न सक्छन् भनेर बताएकी छिन् । ‘प्रथम महिला आजकाल मलाई उनीहरुले युक्रेनको मद्दत कसरी गर्न सकिन्छ भनेर सोधिरहेका छन् । मेरो जवाफ हो ः संसारलाई वास्तविक बताउनुहोस् ।’

उनले ती व्यक्तिका लागि पनि सूचना साझा गरिन् जो मानवीय सहायता प्रदान गर्न सक्छन् ।

४४ वर्षीय युक्रेनकी प्रथम महिलाको इन्टाग्राममा २० लाखभन्दा बढी फलोअर्स छन् । तर के उनको देशमा उनको राम्रो प्रभाव छ ?

आर्किटेक्चरको पढाई छोडेर गरिन् कमेडीः

ओलेना जेलेन्स्का क्रिविहमा हुर्किएकी हुन् । यो मध्य युक्रेनको एउटा शहर हो जहाँ उनका श्रीमान पनि हुर्किएका हुन् ।

यी दुबै एक अर्कालाई कलेजको दिनदेखि नै चिन्दथे जहाँ उनी आर्किटेक्चरको पढाई गरिरहेकी थिइन् र उनका श्रीमान् कानुन पढिरहेका थिए ।

पछि दुबैले आफ्नो कोर्स फेरे र कमेडीको अभिनयको पढाई गर्न थाले ।

उनी आफ्ना श्रीमानको कम्पनी स्टुडियो क्वर्तल ९५ मा स्क्रिप्ले लेख्ने गर्दथिन् । आठ वर्षसम्म एक–अर्कालाई डेट गरेपछि सन् २००३ मा विवाह गरे । एक वर्षपछि यी दुईका जेठी छोरीको जन्म भयो । यस्तै सन् २०१३ मा उनको छोराको जन्म भयो ।

राजनीति जेलेन्स्काको योजनामा थिएन । तर अप्रिल सन् २०१९ मा उनका श्रीमानले ७३ प्रतिशत भोटसहित ऐतिहासिक जीत हासिल गरेँ र उनी युक्रेनका राष्ट्रपति भवन पुगे ।

राष्ट्रपति जेलेन्स्कीले यतिबेला उनकी श्रीमतीले उनको असाध्यै समर्थन गरेको बताएका थिए ।

पर्दा पछाडिः

उनी आफूले आफैंलाई लो प्रोफाइलमा राख्छिन् र संकटबीच मद्दतका लागि र देशका नागरिकलाई प्रोत्साहित गर्नका लागि उनले सोसल नेटवर्कको शक्तिलाई बलियो पारिरहेकी छिन् ।

यसै विशेषताका कारण सन् २०१९ मा फोकस पत्रिकाले उनलाई १०० सबैभन्दा प्रभावशाली युक्रेनी व्यक्तिमा समावेश गरेको थियो । यस्तै वोग पत्रिकाको स्थानीय संस्करणको कभरमा उनी आइसकेकी छिन् । यतिबेला सन् २०१९ मा उनी प्रथम महिला हुँदा आफ्नो उद्देश्यबारे बताएकी थिइन् ।

देशमा राजनीतिक जीवनमा प्रवेश गरेपछि उनको जीवनमा आएको परिवर्तनबारे पनि उनले बताएकी थिइन् ।

उनले बताएकी थिइन्, ‘प्रचार वा प्रेससँग सञ्चार असाध्यै तनावपूर्ण छ भनेर म भन्न सक्दिनँ । तर म पर्दा पछाडि बस्न मन पराउँछु । मेरा श्रीमान् सधैँ अगाडि बस्छन् र म उनको छायाँ पछाडि सुखद महसुस गर्छु ।’

‘म पार्टीको प्राण होइन । मलाई ठट्टा सुन्न मन पर्दैन । यो मेरो चरित्रमा छैन । तर प्रचारको पक्षमा मैले आफ्ना लागि कारण भेट्टाएँ । यीमध्ये एउटा मौका यो थियो कि मैले महत्वपूर्ण सामाजिक मुद्दातर्फ मानिसलाई ध्यान दिलाएँ ।’

यी सबका बीच उनले बच्चाको पोषण र प्यारलम्पिक्सको समर्थन जस्ता मुद्दा र घरेलु हिंसाविरुद्ध लडाईंको निर्णय पनि गरिन् ।

बीबीसी

WP2Social Auto Publish Powered By : XYZScripts.com