आन्तरिक उडानमा बढ्यो हवाई भाडा, कहाँ कति बढ्यो ?

-


     नेपालय न्युज    
     फागुन २१ गते २०७८


काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादरमा फेरि वृद्धि गरेको छ।

संघले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै शनिवार नयाँ भाडादर सार्वजनिक गरेको हो। संघले आइतवारदेखि लागू हुने गरी आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो।

नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइट ३४० रुपैयाँसम्म वृद्धि भएको छ। काठमाडौं – भद्रपुर ३०० रुपैयाँ, काठमाडौं – विराटनगर २४० रुपैयाँ, काठमाडौं – धनगढी ४४५ रुपैयाँसम्मले हवाई भाडा बढेको छ। नयाँ हवाई भाडादर आइतवारबाट लागू हुने संघले बताएको छ।

निगमले यसअघि १२६ रुपैयाँबाट १३६ रुपैयाँ प्रतिलिटर हवाई इन्धनको मूल्य बढाएको थियो।

WP2Social Auto Publish Powered By : XYZScripts.com