
प्रज्ञा फिल्मस प्रा. लि. को प्रस्तुतिमा निर्माण भएको टेलि सिरियल “आधा खुसी” सिरियलको ट्रेलर रिलिज भएको छ। धौली, पन्चेबाजा र अग्निदहन सिनेमाका निर्देशक घनश्याम लामिछाने द्वारा निर्देशित सिरियल लाई अहिलेका बेस्त स्कृप्ट लेखक प्रदीप भारद्वाज ले लेखेका हुन। उनलाइ सह लेखनमा सबु सुबेदिले सहयोग गरेकी छन। यथार्थ परक सिनेमा बनाउने छाप छोडेका निर्देशकको यो पहिलो सिरियल हो।
पुरानो सुपरहिट टेलि सिरियल सिन्दुर देखि नेपाली सिनेमा सम्झना, सपूत, न बिर्से तिमिलाइ न पाए तिमिलाइ, नोटबुक, जस्ता सिनेमा निर्माण गरि सकेकी पुरानी निर्माता प्रज्ञा जोशी को निर्माणमा तयार भएको सिरियलमा कलाकारहरु सरोज खनाल, प्रज्ञा जोशी, लब शर्मा, भाबु लम्साल, रिस्ता बस्नेत, सुस्मा कार्की, तेज गिरी, पुष्प लुइँटेल, दिपेश लामिछाने, निभा अधिकारी, बिष्णु गौतम, राजेन्द्र थापा, राजकुमार फुयाँल, सङिता बस्याल, अस्मिता खनाल आदिको अभिनय रहेको छ । चैत ७ गतेदेखि सिटि वान टेलिभिजन र ओ एस आर मुभिज बाट प्राशारण मा आउदै छ।
हरि लामा घलेको छायांकन, मिलन श्रेष्ठको सम्पादन, कलर जुनिम गहतराज, मेक अप श्याम लामा, संगीत बिकास चौधरी रहेको सिरियल चैत ७ गतेदेखि प्रशारणमा आउदै गरेको रिलिज ट्रेलरमा देखिन्छ।
ट्रेलरले पारिवारिक कथा सहित एक युवक को प्रेम कथा लाई देखाइएको छ। सबै मानिसहरु पूरा खुसीको खोजीमा भौतारिरहेको “आधा खुसी” को ट्रेलरमा देखाइएको छ।
ट्रेलर को लिन्क: