
चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटक १० मिनेटसम्मको सर्ट भिडिओ अपलोड गर्न सक्ने फिचर्स ल्याउने योजनामा रहेको छ ।
अमेरिकी प्रविधि वेबसाइट द भर्जले कम्पनीका प्रवक्ताको भनाइ उद्धृत गर्दै उक्त कुरा बताएको हो ।
‘हामीले टिकटक अनुभवलाई समृद्ध बनाउन नयाँ तरिकाहरू परीक्षण गरिरहेका छौं’, उनले भने, ‘ त्यसैसम्बन्धी टिकटकमा अब १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने फिचर्स उपलब्ध गराउने भएका हौं।’
पहिलो पटक सार्वजनिक हुँदाका बखत टिकटकले १५ सेकेन्डको मात्र भिडिओ अपलोड गर्न सक्ने सुविधा ल्याएको थियो । पछि एक मिनेटसम्मको भिडिओ अपलोड गर्न मिल्ने सुविधा दिइएको थियो । त्यसपछि गत जुलाईदेखि भने ३ मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्ने सुविधा थपियो ।
तर कम्पनीले बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने फिचर्स ल्याएको हो ।
विश्वमा सर्वाधिक डाउनलोड हुने एपहरूको सूचीमा टिकटक अग्रस्थानमा रहेको छ । अहिले सामाजिक सञ्जालमध्ये टिकटकको लोकप्रियता बढ्दो छ। एजेन्सी