
पोखरा १७ फागुन ।
पोखरा महानगरपालिका २८ कालिका बिमिरापानीमा अवस्थित शिव मन्दिर सेवा समितिको भेलाले मनोहरि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा शंकर पौडेल सचिवमा सफल पौडेल सह सचिवमा संगिता पौडेल कोषाध्यक्षमा सन्जय रानाभाट रहेका छन् भने सदस्यहरूमा श्रीराम पौडेल,रन्जित पौडेल,सुवास पौडेल,सन्जय पौडेल रहेका छन् । समितिको सल्लाहकारमा दुर्गा प्रसाद पौडेल,रूर्द्र प्रसाद पौडेल, प्रकाश पाैडेल, राधिका पौडेल,नारायण प्रसाद पौडेल,राधिकादेवि पौडेल,बाबुराम राना रहेका छन् ।
नव निर्वाचित समितिका अध्यक्ष मनोहरि पौडेलले समितिको पहिलो काम एक वर्ष भित्र मन्दिर पुनःनिर्माण गरिने प्रतिवद्वता प्रकट गर्दे यसमा सवै गाँउवासी दाजुभाईदिदीबहिनीहरू लगाएत सम्वन्धित निकाएको सयोग र साथको जरूरी रहेको बताए । २०३७ सालमा तत्कालीन समाजसेवी शिव प्रसाद पौडेलले स्थापना गरेको उक्त शिव मन्दिर हाल निकै जिर्ण अबस्थामा रहेको छ । उक्त कार्यक्रममा मन्दिर निर्माणको लागि सल्लाहकार दुर्गा प्रसाद पौडेलले पच्चीस हजार अर्का सल्लाहकार रूर्द्र प्रसाद पौडेलले दश हजार समाजसेवी भोज वहादुर रानाभाटले सात हजार र बयोबृद्व चौरानब्बे वर्षिय विष्णुमाया पौडेलले दुई हजार सयोग गर्ने घोषणा गरेका थिए ।