प्राध्यापक खत्री अमेरिकाका लागि राजदूत नियुक्त


     नेपालय न्युज,     
     फागुन १५ गते २०७८


राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गर्नुभएको हो।

मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो। नवनियुक्त राजदूत खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ।

WP2Social Auto Publish Powered By : XYZScripts.com