अमेरिकाको टेक्सासमा नालीबाट सानो कुकुरको उद्धार

-


     नेपालय न्युज    
     फागुन ११ गते २०७८


जनावरको हेरचाह गर्ने अधिकारी र अग्नी नियन्त्रकहरुले टेक्सासमा एक कुकुरको उद्धार गरेका छन् । उक्त कुकुर सान एन्टोनिओको नालीमा ५ घन्टासम्म फसेको थियो ।

सान एन्टोनियो एनिमल केयर सर्भिसले भनेको छ, ‘अधिकारीहरुलाई बाल्कानो रोडमा एउटा कुकुर कराईरहेको आवाज सुनिरहेको भन्दै एक सर्वसाधारणले जानकारी गराएका थिए ।’

जनावर हेरचाह अधिकारीहरुले नालीको ढकनी हटाउने प्रयास गरे, तर विशाल ढकनी हटाउन असफल भए । सान एन्टोनियोको अग्नी विभाग विशिष्टिकृत उपरकण सहित त्याहाँ पुगे ।

त्यसपछि एक अग्नि नियन्त्रकले सानो पाइप समातेर कुुकुरसम्म पुुगे र सुरक्षित रुपमा बाहिर निकाल्न सफल भए ।

उद्धारकर्ताहरूले पिकोलो नाम दिइएको यो कुकुरलाई भाँच्चिएको खुट्टाको उपचारका लागि पशु चिकित्सक भएठाउँ लिएर गए । जनावर हेरचाह सेवाले यो कुकुरलाई छिट्टै नै अडप्टका लागि उपलब्ध गराइने जानकारी दिएको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com