
महिलालाई शोषण गर्ने, लज्जाबोध गराउने र ब्ल्याकमेल गराउने उद्देश्यले सोसल मिडिया एप टेलिग्राममा महिलाका अन्तरंगी तस्बिर ठूलो परिमाणमा सेयर गरिरहेको बीबीसीले आफ्नो अनुसन्धानमा पत्ता लगाएको छ ।
टेलिग्राममा आफ्नो नग्न तस्बिर देखेपछि साराको जिन्दगीमा एक किसिमको भुुईंचालो नै आयो । टेलिग्राममा उनको इन्स्टाग्राम र फेसबुुक अकाउन्टका साथै उनको फोन नम्बर पनि सेयर गरिएको थियो ।
यसैकारण उनलाई अचानक अपरिचित मानिसको कयौँ फोन आउन थाल्यो र सबैले सारासँग उनका तस्बिर माग्न थाले ।
उनी भन्छिन्, ‘उनीहरुले मलाई म वेश्या हुँ भन्ने महसुस गराए । किनभने उनीहरुलाई लागेको थियो कि मैले आफ्ना अन्तरंग तस्बिर आफैंले सेयर गरेकी थिएँ । जस्तो कि एक महिलाको रुपमा मेरो कुनै मूल्य नै थिएन ।’
सारा (नाम फेरिएको) ले एक व्यक्तिलाई आफ्नो तस्बिर पठाएकी थिइन् । तर यी तस्बिर टेलिग्राममा १८ हजार फलोअर्स भएको एउटा समूहमा सेयर गरेकी भएको थियो । यीमध्ये थुप्रै फलोअर्स क्यूवाको हवानास्थिति उनका छिमेकी थिए ।
उनलाई डर लाग्थ्यो कि सडकमा हिँड्ने कयौँ अपरिचित व्यक्तिले पनि मेरो नग्न तस्बिर हेरेका छन् ।
उनी भन्छिन्, ‘मलाई बाहिर जान मन लाग्दैनथ्यो, म आफ्ना साथीहरुसँग कुनै किसिमको सम्पर्क पनि राख्न चाहँदैनथेँ । मैले धेरै कुरा सहेकी छु ।’
सारा एक्ली होइनन् । टेलिग्राममा महिनौँको अनुसन्धानपश्चात् हामीले अन्य थप कुरा पनि थाहा पायौँ । कम्तीमा २० देशमा ठूला समूह र च्यानलले महिलाको गोप्य रुपमा खिचिएका हजारौँ फोटो सेयर गरिरहेका छन् । र यो प्लेटफर्मले यस्तो विकट समस्यासँग जुध्न केही पहलकदमी गरिरहेको छ भन्ने कुराको प्रमाण शून्य बराबर छ ।
क्यूबाबाट हजारौ किलोमीटर पर निगार एक नयाँ जिन्दगीमा सजिने कोशिश गरिरहेकी छिन् ।
निगार अजरवैजानकी हुन् । तर आफूलाई देश छोड्न बाध्य पारिएको उनी बताउँछिन् । सन् २०२१ मा उनको पतिसँगको एक अन्तरंग भिडियो उनको परिवारलाई पठाइएको थियो र त्यसपछि यो पुनः टेलिग्रामको एक समूहमा शेयर गरियो ।
उनी भन्छिन्,‘मेरी आमा रुन लागिन र मसँग भनिन्, एउटा भिडियो छ, यो मलाई पठाइएको हो । त्यो भिडियो देख्ने बित्तिकै म बर्बाद भएँ, बिलकुल बर्बाद भएँ ।’
उनको भिडियो ४०,००० सदस्यको समूहमा शेयर गरिएको थियो । फुटेजमा निगारका पूर्व पतिको अनुहार धमिलो आएको थियो र उनको अनुहार भने स्पष्ट देखिएको थियो ।
अब निगारसँग उनको पतिको सम्बन्ध विच्छेद भइसकेको छ ।
उनका अनुसार उनका पूर्व पतिले सुटुक्क उनको भिडियो बनाएका थिए ता कि निगारका भाइलाई ब्ल्याकमेल गर्न सकियोस् जो अजरबैजानका राष्ट्रपतिका एक प्रमुख आलोचक थिए ।
उनी भन्छिन्, ‘मेरी आमालाई मेरा भाइले आफनो अभियान नरोके यो भिडियो टेलिग्राममा सार्वजनिक गरिने बताइएको थियो ।’
नगार भन्छिन्,‘मानिसले तपाईंलाई हेय (घृणा) को दृष्टिले हेर्छन् । तपाईं विवाहित हो वा अविवाहित यसमा कुनै फरक पर्दैन ।’
निगारका अनुसार उनले भिडियोको बारेमा आफ्ना पूर्व पतिसँग कुराकानी गरिन् तर उनले आपूmले भिडियो बनाएको अस्वीकार गरे । बीबीसीले उनको पक्ष बारेमा जान्नका लागि सम्पर्क गर्दा उनले कुनै जवाफ दिएनन् ।
निगार हालसम्म पनि आफ्नो जिन्दगीमा अगाडि बढ्न सकेकी छैनन् ।
उनी भन्छिन्, ‘म यसबाट माथि उठ्न सकेको छैन । हाल सम्म पनि सातामा म दुई पटक थेरापिस्टलाई भेट्छु । स्वास्थ्यमा कुनै सुधार आएको छैन । म आफैंलाई सोधिरहन्छु मैले यो कुरा बिर्सन सक्छु होला र ? त्यसपछि म भन्छु, ‘अहँ’ ।’
निगार र साराको तस्बिर टेलिग्राममा रिपोर्ट गरिएको छ । तर प्लेटफर्मले कुनै प्रतिक्रिया दिएको छैन ।
बीबीसीले रुस, ब्राजिल, केन्या, मलेशियासम्मका देशमा १८ टेलिग्राम च्यानल र २४ समूहको निगरानी गरेको छ । जसमा कुल फलोअर्सको संख्या लगभग २० लाख छ ।
यी समूूहमा तस्बिरका साथ घरको ठेगाना र आमा बुवाको फोन नम्बर जस्ता व्यक्तिगत विवरण पनि पोष्ट गरिएको थियो ।
हामीले देख्यौँ कि ग्रुप एडमिनकाले मानिसलाई उनीहरुका पूर्व पार्टनर, सहकर्मी र साथी–विद्यार्थीको अन्तरंग तस्बिर सन्देश पठाउनकाम लागि भनिरहेका छन् । किनकी पठाउनेको पहिचान लुुकाएर शेयर गर्न सकियोस् भन्ने उनीहरुको चाहना थियो ।
टेलिग्रामका अनुसार विश्वभरीमा उसको ५० करोड भन्दा बढी सक्रिय प्रयोगकर्ता रहेका छन्, जुन ट्वीटर भन्दा बढी हो । यो प्लेटफर्ममा कयौँ प्रयोगकर्ता यसको गोप्य प्लेटफर्म भएको नाताले जोडिएका छन् ।
गत वर्ष जनवरीमा ह्वाट्सएपले आफ्नो डाटा नियममा परिवर्तन गरेपछि लाखौँ मानिस टेलिग्रामतर्फ आकर्षित भएका थिए ।
टेलिग्राम लामो समयदेखि मीडिया सेन्सरशिप भएको देशमा लोकतन्त्र समर्थक प्रदर्शनकारीबीच लोकप्रिय रहँदै आएको छ ।
यसमा प्रयोगकर्ताले आफ्नो नाम र फोन नम्बर शेयर नगरिकन पोष्ट गर्न सक्छन् र अधिकतम २ लाख सदस्यका साथ सार्वजनिक वा निजी समूह बनाउन सक्छन् ।
गोपनियताका लागि टेलिग्रामको विशेष चर्चा छ । यो एपले एन्ड टू एन्ड इन्क्रिप्सन दिन्छ, जसले कुराकानी गरिरहेका दुुइले मात्रै सन्देश हेर्न पाउने कुराको सुुनिश्चित गर्छ । यो सिग्नल र ह्वाट्सएप जस्ता सुुरक्षित च्याट एप्समा पनि डिफल्ट सेटिङ हो ।
प्लेटफर्मले कम रेगुलेटेड स्थान चाहने उपयोगकर्तालाई पनि आकर्षित गर्छ । यसमा ती मानिस पनि समावेश हुन्छन् जसलाई अन्य प्लेटफर्मबाट पनि प्रतिबन्धित गरिएको छ ।
डिजिटल राइट्स ग्रुप एक्सेस नामको प्रविधिक कानुनी सल्लाहकार नतालिया क्रापिवा भन्छिन्, ‘टेलिग्राम र उसका मालिकले आफूहरु प्रयोगकर्तालाई सेन्सर गर्न नचाहेको बताएका छन् ।
बीबीसीको शोध अनुुसार यस किसिमको विचारले टेलिग्राममा नग्न तस्बिर लीक गर्ने र शेयर गर्ने अड्डा बनेको देखिएको छ ।
कसैको इच्छा विपरित सेयर गरिएका यस्ता खालका तस्बिरसँग जुध्नका लागि टेलिग्रामसँग कुनै प्रकारको नीति नै छैन । तर जब प्रयोगकर्ता यसको टर्म–कन्डिसनमाथि सहमति दर्ता गर्छन् भने तीमध्ये एउटा नियमले ‘सार्वजनिक रुपमा हेर्न सकिने टेलिग्राम च्यानल, इन्टरनेट बट आदिमा अवैध अश्लील सामग्री पोस्ट नगर्नुहोस् ।’
टेलिग्राममा सार्वजनिक र निजी दुवै समूह र च्यानलमा इन–एप रिपोर्टिङ सुुविधा पनि छ जहाँ प्रयोगकर्ताले अश्लीलताबारे रिपोर्ट गर्न सक्छन् ।
टेलिग्राम यस किसिमको रिपोर्टमा कत्तिको छिटो कारबाही गर्छ यो थाहा पाउन बीबीसीको टोलीले १०० पोर्नोग्राफीको तस्बिरलाई इन–एप रिपोर्टिङ फिचरबाट रिपोर्ट गर्यो । एक महिनापछि पनि यी मध्ये ९६ तस्बिर प्लेटफर्ममा एक्सेसेबल रह्यो । यसैगरी, ४ तस्बिर निजी समूहमा अझैपनि उपलब्ध थिए ।
यो खोजीमा बीबीसीको टीमसँग पनि एक दुर्घटना भयो, जहाँ रुसको एक अकाउन्टबाट बीबीसीको टोलीलाई टेलिग्राममा बाल पोर्नोग्राफीलाई एक कप कफी भन्दा पनि कम मूल्यमा बेच्ने कोशिश गरिएको थियो ।
यसैगरी, बच्चाको पोर्नसँग जोडिएको एउटा भिडियोमा जब एप्पलले आफ्नो प्लेटफर्मबाट टेलिग्रामलाई केही समयका लागि हटाएपछि मात्रै टेलिग्रामले बच्चाको पोर्नोग्राफीमाथि केही कदम उठाए ।
प्लेटफर्मले सन् २०१९ मा युरोपेली संघको अपराध एजेन्सी युुरोपोलसँग मिलेर इस्लामिक स्टेटको एउटा ठूलो युनिटलाई समाप्त गर्नका लागि काम गरेको थियो ।
तर अन्तरंग तस्बिर हटाउनका लागि टेलिग्रामको प्राथमिकता देखिँदैन ।
परिचय नखुलाउने सर्तमा पाँच टेलिग्राम कन्टेन्ट मोडरेटरसँग बीबीसीले कुराकानी गरेको थियो । उनीहरुले बताए अनुसार उनीहरुले एउटा अटोमेटेड सिस्टमको माध्यमले रिपोर्ट प्राप्त गर्छन् र यसलाई उनीहरुले ‘स्प्याम’ र ‘स्प्याम होइन’ जस्त विकल्प छानेर सुल्झाउने गर्छन् ।
उनले यस किसिमको तस्बिरका लागि प्रो–एक्टिभ सर्च नगर्ने बताएका छन् । उनीहरुले भनेका छन्, ‘जहाँ सम्म हामीलाई थाहा छ, टेलिग्राम पनि यस किसिमको कन्टेन्टका लागि एआईको प्रयोग गर्दैन ।’
जोआना जब १३ वर्षकी थिइन् उनले मलेसियाको टेलिग्राममा आफ्नो नग्न तस्बिर पाइन् । उनले पनि एउटा नक्कली अकाउन्ट बनाइन् । ग्रुप जोइन गरेर आफ्नो तस्बिर रिपोर्ट गरिन् । उनले आफ्ना साथीहरुलाई पनि यो फोटो रिपोर्ट गर्न भनिन् ।
जोआना भन्छिन्, ‘कहिलेकाँही तपाईं यति असहाय महसुस गर्नुु हुुन्छ किनकी हामीले यी समूह हटाउनका लागि धेरै कोसिस गर्यौँ । तर ती अहिले पनि देखिएका छन् । त्यसैले मलाई यसको कुनै अन्त्य छ कि छैन भनेर मलाई थाहा छैन । ’
टेलिग्रामले बीबीसीसँग अन्तरवार्ता गर्न अस्वीकार गरिदियो तर एक बयानमा यो सार्वजनिक ग्रुपले च्यानलको लगातार निगरानी गर्ने र कन्टेन्टबारे यदि कुनै प्रयोगकर्ताले रिपोर्ट गर्छन् भने त्यसलाई प्रोसेस गरिने बतायो ।
टेलिग्राममा केही सार्वजनिक च्यानलमाथि विज्ञापनलाई रोलआउट गरिरहेको छ, यसको स्पष्ट हुन्छ कि संस्थापक पावेल ड्युरोव यसको एडमार्फत् पैसा कमाउने उद्देश्य राख्छन् ।
यसबाट टेलिग्राममा ह्वाट्सएप जस्ता सोशल मीडिया प्रतिद्वन्द्वीको कदम मिलाउने दबाब बढ्ने सम्भावना छ । ह्वाट्सएप जस्ता सोसल मिडियाले अन्तरंगी तस्बिर साझा गर्नेविरुद्ध नीतिलाई पेश गर्न सुरु गरेको छ ।
यस्तोमा टेलिग्रामले कहिलेसम्म यसलाई नजरअन्दाज गर्ला ।
बीबीसी