मलाई यकिन छ, रुसले हमलाको योजना बनाइसकेको छ : बाइडन

-


     नेपालय न्युज    
     फागुन ७ गते २०७८


अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमला गर्ने निर्णय गरेको आफूलाई यकिन भएको बताएका छन् । बाइडेनले कुनै पनि दिन यो हमला हुन सक्ने आशंका जताएका हुन् ।

आफूले अमेरिकी खुफिया सूचनाका आधारमा यो मूल्याङ्कन गरेको बाइडनले दाबी गरेका हुन् । यद्यपि, रुसले हमलाको तयारी नगरेको बताउँदै आएको छ । पश्चिमी राष्ट्रलाईलाई डर छ कि रुस युक्रेनको पूर्वी क्षेत्रमा फर्जी सङ्कट खडा गर्न चाहन्छ जसले हमलाका लागि बहाना मिलोस् । अमेरिकाको अनुमान छ कि युक्रेनको सीमामा १ लाख ७० हजारदेखि १ लाख ९० हजार रुसी सैनिक तैनाथ छन् । यसमा पूर्वी युक्रेनमा स्वघोषित रिपब्लिक डोनेस्क र लुहस्कका रुस समर्थित लडाकु पनि सामेल छन् ।

ह्वाइट हाउसबाट एक टेलिभिजन सम्बोधनमा अमेरिकी राष्ट्रपति ले भने, ‘आगामी हप्ता वा दिनमा रुसी सैनिकको युक्रेनमा हमला गर्ने योजना छ । यसलाई लिएर म आश्वस्त छु ।’ यद्यपि, अझै पनि रुसले कूटनीतिक बाटो पनि रोज्न सक्ने बताउँदै उनले तनाव कम गर्न वार्ताको टेबलमा आउन ढिला नभएको उनले जिकिर पनि गरे ।

शुक्रबार युक्रेनका दुई अलगाववादी क्षेत्रका नेताहरूले त्यहाँका नागरिकलाई अन्य क्षेत्रमा लैजाने घोषणा गरेका थिए । युक्रेनले गोलाबारी सुरु गरेको र हमलाको योजना बनाएको उनीहरूको आरोप थियो । यद्यपि, युक्रेनले यसलाई अस्वीकार गर्दै आइरहेको छ । यसलाई उनीहरूले रुसको फर्जी रिपोर्टको संज्ञा दिएका छन् । रुसले सन् २०१४ देखि पूर्वी युक्रेनमा एक सशस्त्र विद्रोहलाई समर्थन गर्दै आइरहेको छ । त्यहाँ कम्तिमा १४ हजारले ज्यान गुमाइसकेका छन् ।

बीबीसी

WP2Social Auto Publish Powered By : XYZScripts.com