अमेरिकी राष्ट्रपतिद्वारा आपतकाललाई निरन्तरता दिने घोषणा

-


     नेपालय न्युज    
     फागुन ७ गते २०७८


अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीका कारण झण्डै दुई वर्षअघि देशमा घोषणा गरिएको आपतकाललाई निरन्तता दिएका छन् । कोभिड महामारीले राष्ट्रको जनस्वास्थ्य र सुरक्षा लागि जोखिम निम्त्याइरहेको भन्दै उनले जारी आपतकाललाई निरन्तरता दिएका हुन् ।

राष्ट्रपतिले संघीय सरकारको पूर्ण क्षमताका साथ कोभिड–१९ विरुद्ध लड्न र प्रतिकार्य गर्नुपर्नेमा जोड दिएका छन् । पुष्टि भएका सङ्क्रमण केसहरूको सन्दर्भमा संयुक्त राज्य अमेरिका विश्वको दोस्रो सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकी स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार देशमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या ८ करोड नाघेको छ । त्यसैगरी ५ करोड भन्दा बढी सङ्क्रमित निको भइसकेका छन् भने ९५८,३०० सङ्क्रमितको मृत्यु भइसकेको छ। एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com