प्रजातन्त्र दिवसको अवसरमा बुद्ध विशाल बजारद्धारा छात्रवृत्ति घोषणा तथा झण्डातोलन कार्यक्रम

-


     नेपालय न्युज    
     फागुन ७ गते २०७८


पोखरा ७ फागुन ।

बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखरा ४ ले प्रजातन्त्र दिवसको उपल्यक्षमा एशोसियसनको लोगो अंकित झण्डा झण्डातोलन तथा छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ ।
कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशववहादुर खत्रीले फागुन ७ गते प्रजातन्त्र दिवसको दिनसम्पुर्ण नेपालीहरूको लागी विशेष दिन भएको र उक्त दिन बुद्व विशाल बजारका व्यवसायीहरूको लागी पनि एतिहासिक दिन भएको हुदा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले गत वर्षबाट बुद्ध विशाल बजार व्यापारिक एशोसियसनकाे लोगो अंकित झण्डा र राष्टिय झण्डा झण्डातोलन गरिने गरेको बताउदै यस वर्षबाट एशोसियनले सामाजिक उतरदायित्व वहन गर्दे शैक्षिक अक्षयकोष स्थापना गरी शुक्रराज मावि पोखरा २२ का कक्षा ८ का विधार्थी पुष्पा बराल र श्रीया बराललाई शैक्षिक अभिभाकत्व ग्रहण गर्दे उनीहरुलाइ लाग्ने सम्पुर्ण खर्च एशोसियनले ब्यहोरर्ने बताए ।


कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका कानुनी सल्लाहकार जगनाथ ढकालले प्रजातन्त्र दिवसको दिन बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले एउटा एतिहासीक काम गरेकोमा खुशी प्रकट गरे । एशोसियसनका सल्लाहकार ध्रुव प्रसाद रेग्मीले संस्थाले सामाजिक उतरदायित्व अन्तरगत बेलाबेलामा बिभिन्न सामाजिक कामहरू गरिरहेकोमा एशोसियसनप्रति आभार ब्यक्त गरे । कार्यक्रममा शुक्रराज माविका प्रधानाध्यापक नरनाथ बरालले एशोसियसनले प्रदान गर्ने छात्रवृत्तिको लागी शुक्रराज माविलाई छनोट गरेकोमा एशोसियसनप्रति धन्यवाद व्यक्त गरे ।

बुद्व विशाल बजार व्यापारिक एशोसियसनका सचिव बुद्वि कुवरले सन्चालन गरेको कार्यक्रममा उपाध्यक्ष ईन्द्रराज अर्यालले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा एशोसियसनले स्थापना गर्न लागेको छात्रवृत्ति शैक्षिक अक्षयकोषको लागि एशोसियसनका कानुनी सल्लाहकार जगनाथ ढकालले १०,००० सल्लाहकार शिव शर्माबाट ११११५महासचिव वुद्वि कुवरले १११११ अध्यक्ष केशवबहादुर खत्रीले २०१०० उपाध्यक्ष ईन्द्रराज अर्यालले १२५०० सदस्य ईन्द्रमाया गुरूङले प्रत्यक वर्ष ५००० प्रदान गर्ने र सदस्यहरू मनोहर गुप्ताले ११५०० गुलाम सरवरले ७७८६ दिने घोषणा गरेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com