
काठमाडौ। सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षबिहीन भएको हो ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरशन (एमसीसी) संसदमा प्रस्तुत गर्ने विषयमा छलफल गर्न बालुवाटरमा बसेको सत्ता गठबन्धनको बैठकको निर्णयबारे जानकारी दिदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयाे, आजको धेरै गम्भीर विषयमा गम्भीर रुपमा छलफल भयो , संसद सुचारु कसरी गर्ने, एमसीसीलाई संसदमा कसरी लाने भन्ने विषयमा छलफल भयो र अर्काे बैठक भोलि १० बजे पुनः बैठक बस्ने निर्णय भएको छ ।
आजको बैठकमा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनालतथा जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ लगाएतका नेता सहभागी हुनु हुन्थ्यो । बैठकमा जनमोर्चा नेपालका प्रतिनिधिको सहभागिता थिएन ।