संगठन विभाग प्रमुखबाट खगराजलाई पदमुक्त गर्न महेश बस्नेतका ७ कारण

-


     नेपालय न्युज    
     फागुन १ गते २०७८



नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको संगठन विभागका प्रमुख खगराज अधिकारीलाई जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन्।

बस्नेतले सामाजिक सञ्जालबाट अधिकारीलाई पदमुक्त गर्न माग गरेका छन्। युवा संघमा अनावश्यक हस्तक्षेप गरेको बस्नेतले आरोप लगउाका छन्।

अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न ७ कारण दिएका छन्।

१) पार्टीको जन बर्गीय संगठनहरु राजनैतिक रुपमा नेकपा (एमाले) लाइन र निर्देशनमा र सांगठनिक रुपमा आफ्नै बिधान र स्वायत्त ढङ्गले अगाडी बढ्ने गर्दछन्।

२) पार्टीको सचिवालयको बैंठकले जन संगठन संयोजन संयन्त्रले कार्यबिधि पारित गरिसकेपछि सो संग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाँईलाई कसले दियो ?

३) युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ?

४) संगठनको इन्चार्ज, अध्यक्ष समेतसंग परामर्श नगरी संगठनको बारेमा बिभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?

५) एमाले बिरुद्ध चौतर्फी आक्रमण भैरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघ माथी अराजकता हाबी हुने र बिरोधीहरुको हौसला बढ्ने गरी फैसला किन गर्नु भयो ?

६) छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाई संगठन बिभाग चलाउन सक्ने व्यक्ति होइन्।
७) तसर्थ क.खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसंग माग गर्दछु।

बिएल अनलाइनबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com