नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पोखरा १९ को अध्यक्षमा आचार्य

-


     नेपालय न्युज    
     फागुन १ गते २०७८


पोखरा । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ अन्तरगत पोखरा महानगरपालिका वडा नं १९ मा वडा कमिटी गठन भएको छ ।

प्रकाश आचार्यको अध्यक्षतामा गठन गरिएको वडा कमिटीको उपाध्यक्षमा रमेश के शि,उमनाथ बान्स्तोला सचीवमा हरिबहादुर बरुवाल कोषाध्यक्षमा प्रमोद पौडेल सह सचिवमा हरिबहादुर थापा ,इश्वरि गौतम ,यम नारायण बान्स्तोला र सह कोषाध्यक्षमा हिरा अधिकारी सहीत २९ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका स्थायी कमिटी सदस्य सञ्जीब बहादुर कोइरालाले व्यवसायी सधै उपभोक्तामुखी हुनुपर्ने बताए । उद्योगी व्यवसायी वडा, महानगर, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म संगठीत हुनुपर्ने उनको जोड दिए ।

कार्यक्रममा नवनिर्वाचित वडा कमिटी अध्यक्ष प्रकाश आचार्यले उद्योगी व्यवसायीको हक हितका लागि आफुले कदम चल्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ उद्योगी व्यवसायीको हक हितका लागि काम गर्ने नेकपा एमालेको भात्तृ संगठन हो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com