अमेरिकाले पोल्याण्डमा थप ३ हजार सैनिक पठाएको पुष्टि

-


     नेपालय न्युज    
     माघ २९ गते २०७८


अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिनुभएको पेन्टागनले पुष्टि गरेको छ। ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा ‘कुनै पनि समय’ आक्रमण गर्न सक्ने दाबी गर्दै रक्षामन्त्री अस्टिनलाई उदृत गर्दै सैनिक पठाइएको पुष्टि गरेका हुन् । उनले जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणबाट शुरु हुनसक्ने बताए ।

मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको कुरा बताउँदै आएको छ। ‘राष्ट्रपतिको निर्देशनमा, अस्टिनले आज फोर्ट ब्राग, एनसीमा रहेको ८२ औं एयरबोर्न इन्फन्ट्री ब्रिगेड कम्ब्याट टोलीका बाँकी ३,००० सिपाहीहरूलाई पोल्याण्ड पठाउन आदेश दिइएको’ एक प्रवक्ताले शुक्रबार स्पुतनिकलाई इ–मेल गरेको विज्ञप्तिमा उल्लेख छ।

सेनाहरू अर्को दुई दिनमा फोर्ट ब्रागबाट प्रस्थान गर्नेछन् र अर्को हप्ताको शुरुमा खटाइएको स्थानमा पुग्ने अपेक्षा गरिएको छ। ‘एयरबोर्न सिपाहीहरूको यो दोस्रो समूह पोल्याण्डमा जाँदैछ, यसअघिका १,७०० सिपाहीहरूसँग उनीहरु सम्मिलित हुनेछन् । अस्टिनले जर्मनीमा अर्डर गरेको १८ औं एयरबोर्न कोर्प्स मुख्यालयका ३०० सदस्यहरू पनि देशमा आइपुगेका छन् ।

पाँच हजार अतिरिक्त मोबाइल र फ्लेग्जिबल कर्मचारीहरू तैनाथ गरेर पेन्टागनले नाटो सहयोगीहरुलाई गठबन्धनको पूर्वी भाग विरुद्ध सम्भावित आक्रमणलाई रोक्नका लागि आफ्नो प्रतिबद्धतामा आश्वस्त पार्छ’ विज्ञप्तिमा थपिएको छ।

यसैबीच रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले शुक्रबार अमेरिकी निर्णयमाथि टिप्पणी गर्दै ह्वाइट हाउसको उन्माद पहिलेभन्दा बढी भएको सङ्केत भएको बताएकी छन् ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com