ट्रम्पले राष्ट्रपति हुँदा आधिकारिक दस्तावेज च्यातेर फ्लस गरेको खुलासा, जसले ह्वाइट हाउसको शौचालय नै भएको थियो जाम

-


     नेपालय न्युज    
     माघ २८ गते २०७८


अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एक नयाँ विवादमा फसेका छन् । उनले राष्ट्रपति भएको समयमा आधिकारिक दस्तावेज च्यातेर फ्लस गरेका थिए । ट्रम्पले च्यातेर फालेको कागजले ह्वाइट हाउसभित्रको शौचालय समेत जाम भएको थियो । डोनाल्ड ट्रम्पले राष्ट्रपति रहेको समयमा कयौँ पटक प्रोटोकलको उल्लंघन गरेका थिए । तर, यस पटकको विषय भनेको राष्ट्रपतिसम्बन्धी रेकर्डको सम्हाल्ने नेशनल अर्काइभसँग जोडिएको छ ।

नेशनल अर्काइभले पूर्व राष्ट्रपतिको दोस्रो मामिलाकासाथ कागज च्यात्ने बानीको पनि जाँच गरियोस् भन्ने चाहेको छ । ट्रम्पमाथि आधिकारिक कागजपत्रलाई फ्लोरिडा पठाएको आरोप पनि लागेको छ ।

ट्रम्पले आपूmसँग १५ काकस दस्तावेज लगेका थिए । द वासिङटन पोस्टका अनुसार नेशनल अर्काइभले राष्ट्रपति चुनाव हारेपछि ट्रम्पले ह्वाइट हाउस छोड्ने समयमा कागजातले भरिएको १५ बाकस आफ्नो साथमा लगेका थिए । यसलाई फ्लोरिडामा मार–ए–लोग रिसोर्टमा बरामद गरिएको थियो । यी दस्तावेजमा किम जोङ उनसँग गरिएको पत्राचार पनि समावेश थियो ।

कामकाजी कागजात नेशनल अर्काइभमा पठाउनु जरुरी
दस्तावेजसँग सम्बन्धित वाटरगेट काण्ड सामुन्ने आएपछि १९७८ मा राष्ट्रपति रेकर्ड अधिनियम (पीआरए) पारित गरिएको थियो । यो अधिनियमअनुसार अमेरिकी राष्ट्रपतिको सबै ई–मेल, पत्र र अन्य कामकाजी दस्तावेज नेशनल अर्काइभमा पठाउनु जरुरी छ ।

ट्रम्प भन्छन्– ‘किताबको प्रचारका लागि झुटो कहानी थियो ।’ डोनाल्ड ट्रम्पले यी सबै आरोपको खण्डन गरेका छन् । आफ्नो बारेमा जे देखाइयो ती सबै फेक समाचार भएको उनले बताए । राष्ट्रपति छँदा आफ्नो नेशनल अर्काइभमा अत्यन्त राम्रो सम्बन्ध भएको पनि उनले बताए । आफ्नो किताबको प्रचारका लागि रिपोर्टरले एक नक्कली कहानी बनाइएको उनले बताए । अमेरिकी कंग्रेसको हाउस कमिटीको तर्फबाट यो मामिलामा चिन्ता जाहेर गरिएको छ । कमिटीका प्रमुख क्यारोलिन मेलोनीले भनिन्, ‘म ती रिपोर्टबाट चिन्तित छु जसमा भनिएको छ कि ट्रम्पले राष्ट्रपति भएको समयमा कयौ पटक राष्ट्रपतिय रेकर्डलाई नस्ट गर्ने प्रयास गरेका थिए । यो नियमको एक गम्भीर उल्लंघन हो ।’ एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com