बाइडेनको चेतावनी, ‘अमेरिकी नागरिक तुरुन्त युक्रेन छोड, जुनसुकै बेला युद्ध सुरु हुनसक्छ’

-


     नेपालय न्युज    
     माघ २८ गते २०७८


अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा बसिरहेका सबै अमेरिकी नागरिकलाई रुसको तर्फबाट सैन्य कारवाहीको बढ्दो खतरालाई मध्यनजर गर्र्दै तुरुन्त देश छोड्न आदेश दिएका छन् ।

बाइडेनले रुसले युक्रेनमाथि हमला गरेको स्थितिमा आफूले अमेरिकीलाई बचाउनका लागि सेना पठाउन नसक्ने बताएका छन् । उनले यो क्षेत्रमा स्थिति तीब्र रुपमा फेरिइरहेको पनि चेतावनी दिएका छन् ।

रुसले युक्रेनको सीमामा एक लाख सैनिक तैनाथ गरेको छ तर उसले हमलाको योजना अस्वीकार गरिरहन्छ । यद्यपि, रुसले बेलारुससँग एउटा ठूलो सैन्य अभ्यास सुरु गरेको छ । बेलारुस, रुसको पुरानो सहयोगी हो र युक्रेनसँग लामो सीमा साझा गर्छ ।

अबका दिनमा रुसले ठूलो नौसेना अभ्यास सुरु गर्दैछ जसका लागि ठूला जहाजलाई समुद्रमा तैनाथ गरेको छ । युक्रेनको आरोप अनुसार रुसले युक्रेनका लागि समुद्री बाटो रोकिदिएको छ ।

स्थितिलाई मध्य नजर गर्दै अमेरिकी विदेश विभागले युक्रेनमा बसिरहेका अमेरिकीलाई तुरुन्त देश छोड्न आग्रह गरेको छ ।

एनबीसी न्युजसँग बाइडेनले भने, ‘अमेरिकी नागरिकले अब युक्रेन छोड्नुपर्ने बेला भएको छ । संसारको सबैभन्दा ठूलो सेनामा संलग्न सेना आमने–सामने हुँदैछन् । यो एक निकै भिन्न स्थिति हो र स्थिति निकै नै छिटो फेरिन सक्छ ।’

युक्रेनमा सेना पठाउने प्रश्नबारे अमेरिकी राष्ट्रपतिले भने, ‘त्यहाँ सेना पठाउनुको अर्थ विश्वयुद्धको सुरुवात हो ।’

बिहिबार मात्रै यूएस विदेश विभागका एक सल्लाहकारले चेतावनी जारी गर्दै भनेको छ, ‘यदि रुस युक्रेनविरुद्ध सैन्य कारवाही गर्छ भने अमेरिका आफ्ना नागरिकलाई निकाल्ने स्थितिमा हुनेछैन । ’

यस्तै अमेरिकी थिंक ट्याङ्कले रुसी सेनाले पूर्ण रुपमा युद्ध सुरु गर्छ भने उसको ट्याङ्क ४८ घण्टाभित्रै युक्रेनको राजधानी कीवमा प्रवेश हुने चेतावनी जारी गरिसकेको छ ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com