५ अर्ब डलर बराबरका चोरिएका बिट्क्वाइन जफ्त


     नेपालय न्युज,     
     माघ २६ गते २०७८


वाशिङट्न डीसी (अमेरिका) । अमेरिकाको न्याय मन्त्रालयले ५ खर्ब डलरभन्दा धेरैका चोरि भएका बिट्क्वाइन जफ्त गरेको छ ।

चोरी भएको बिट्क्वाइन यो परिमाणमा जफ्त भएको यो पहिलो पटक हो । अधिकारीहरुले मंगलवार सम्पत्ति शुद्धीकरण गर्ने प्रयास गरेको अभियोगमा दुई जनामाथि मुद्दा पनि चलाएका छन् । जफ्त भएका बिट्क्वाइन करीब १ लाख २० हजार गोटा भएको बताइएको छ ।

हयाकरहरुले सन् २०१६ मा क्रिप्टोकरेन्सी एक्सचेञ्ज बिट्फिनेक्समा हमला गरेर करीब ७ करोड १० लाख मूल्य बराबरका बिट्क्वाइन चोरेका थिए । सोही बिट्क्वाइनको भाउ पछिल्लो समय बढेर ५ खर्ब डलरमाथि उक्लिएको हो । सरकारले क्रिप्टोकरेन्सीलाई सम्पत्ति शुद्धीकरणका लागि ‘सेफ हेभन’ बनाउने वा वित्तीय प्रणालीभित्र कानून नै नभएको क्षेत्र बनाउने अनुमति नदिने प्रमाण जफ्तले दिएको सहायक महान्यायाधिवक्ता केनेथ पोलाइट जुनियरले भनेका छन् ।

न्याय मन्त्रालयका अधिकारीहरुका अनुसार ह्याकरहरुले बिट्फिनेक्स ह्याक गरेर २ हजारभन्दा धेरै अनधिकृत कारोबार गरी चोरिएका पैसा न्यूयोर्कका ३४ वर्षिय इल्या लिचेन्स्टेनले सञ्चालन गर्ने डिजिटल वालेटमा पठाएका थिए । चोरी भएका २५ हजार ओटा बिट्क्वाइन विगत पाँच वर्षमा विविध खातामा पठाएर सम्पत्ति शुद्धीकरण गर्न खोजेको र आफ्नो गतिविधि लुकाउन नक्कली पहिचान बनाउनेदेखि बिट्क्वाइनलाई अन्य डिजिटल मुद्रामा परिवर्तन गर्नेसम्मका विविध तरिका अपनाएको भन्दै लिचेन्स्टेन र उनको श्रीमति ३१ वर्षिय हिथर मोर्गन विरुद्ध फौजदारी मुद्दा चलाइएको छ ।

वाशिङटन डीसी, न्यूयोर्क, शिकागो र जर्मनीको आन्सबाखले यस मामिलामा अनुसन्धान गरेका थिए । चोरिएको बिट्क्वाइन फिर्ता पाएपछि बिटफिनेक्स पनि मख्ख परेको छ । यो घटनामा दोषी भेटिएमा लिचेन्स्टेन दम्पत्तिले २५/२५ वर्षको जेल सजाय भोग्नु पर्नेछ । गतवर्ष न्याय मन्त्रालयले २३ लाख डलर बराबरको चोरी भएका क्रिप्टोकरेन्सी जफ्त गरेको थियो । तर पछिल्लो रकम अहिलेसम्मकै धेरै हो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com