
पञ्जाब चुनाव अघि विभिन्न क्षेत्रका हस्ती पनि राजनीतिक दलमा रुची देखाइरहेका छन् । अब देव डी, साहेब बीवी र ग्याङ्स्टर जस्ता फिल्ममा काम गरिसकेकी बलिउड तथा पञ्जाबी अभिनेत्री माही गिल भाजपामा समावेश भएकी छिन् ।
माही गिल र पञ्जाबी अभिनेता–गायक हबी धालीवालले हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टर, केन्द्रीय मन्त्री गजेन्द्र सिंह शेखावत, पञ्जाब बिजेपी प्रभारी दुष्यन्त गौतमको उपस्थितिमा भाजपाको सदस्या लिएका छन् ।
माही गिलको फिल्मी यात्राको कुरा गर्ने हो भने पछिल्लो करिब दुई दशकदेखि इन्डष्ट्रिसँग जोडिएकी छिन् । बलिउडमा उनलाई देव डी, साहेब बीवी और ग्याङ्स्टर, पान सिंह तोमर, दबंग–टु जस्ता फिल्मका लागि चिनिन्छ ।
देव डीकी पारो र साहेब बीवी और ग्याङ्स्टरमा माधवीको भूमिकाका कारण उनी असाध्यै चर्चामा आएकी थिइन् ।
हाल उनी ओटीटी प्लेटफर्ममा पनि देखिन्छिन् । वेब सिरिज रक्तान्चल–टु मा उनको भूमिका पनि राजनीतिसँग जोडिएको छ ।एजेन्सी