अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

-


     नेपालय न्युज    
     माघ २२ गते २०७८


जोन्स हप्किन्स विश्वविद्यालयद्वारा संकलित तथ्याङ्क अनुसार नोवेल कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ।

शुक्रबार दिउँसोको तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकामा ९,००,३३४ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको उल्लेख गरिएको छ । जनवरी २०२० देखि देशभरिमा ७ करोड ६० लाखभन्दा बढी सङ्क्रमणका घटना पुष्टि भएका छन्। एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com