जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्ला

-


     नेपालय न्युज    
     माघ २१ गते २०७८


जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा आजदेखि आवेदन खुलेको छ।
सर्वसाधारणले शुक्रबारदेखि भौतिक उपस्थित भएर वा अनलाइनमार्फत आईपीओ भर्न पाउने भएका हुन्।

लघुवित्तले ५ करोड २२ लाख रुपैयाँबराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो। जसमध्ये ०.५ प्रतिशत कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानीकोषहरुलाई सुरक्षित गरी बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिनेछ।

४ लाख ८७ हजार ९ सय कित्ता १०(१० कित्ताका दरले अधिकतम ४८ हजार ७ सय ९० जनालाई मात्र पर्नेछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल हो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com