अध्ययन पुरा गरेपछि अमेरिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयहरूमा करियर बनाउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सजिलो हुने गरी अमेरिकाले हालै घोषणा गरेको नयाँ नीतिलाई स्टडी ग्रुपले स्वागत गरेको छ।
अध्ययन पश्चात अमेरिकामा आफ्नो करियर निर्माण गर्न चाहने मेधावी अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि बाइडेन–ह्यारिस प्रशासनले भर्खरै आफ्नो केही योजनाहरु घोषणा गरेको र यसले विद्यार्थीको अध्ययन पछिको रोजगारी र अमेरिकाको बसाईलाई सजिलो बनाउने स्टडी ग्रुपले जनाएको छ ।
ती योजनाहरु अनुसार, स्टीम अपरेसन प्राक्टिकल ट्रेनिङ (ओपीटी) कार्यक्रममा अध्ययनका लागि २२ नयाँ विषयहरु थपिएका छन्।
जसमा एफ–१ भिसा भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उक्त विषयहरुमा स्नातक, स्नातकोत्तर र पीएचडी गर्न सक्षम बनाउन र अध्ययन पश्चात कामको अनुभव प्राप्त गर्न ३६ महिनासम्म अमेरिकामा बस्न पाउनेछन्।
यसबाहेक, अमेरिकी सरकारको शैक्षिक र सांस्कृतिक मामिला हेर्ने ब्यूरो (इसीए) ले आप्रवासी–आप्रवासी ब्रिज युएसए एक्सचेन्ज आगन्तुकहरूलाई सुविधा दिनेछ र एफ१ स्नातक र स्नातकोत्तर विद्यार्थीहरूलाई घट महिनासम्म जे१ क्षेत्रहरूमा थप शैक्षिक प्रशिक्षण पनि प्रदान गर्नेछ ।
यसैबीच, विज्ञान, व्यवसाय, शिक्षा, वा एथलेटिक्सको क्षेत्रमा अभूतपूर्व कौशलता प्रदर्शन गर्ने व्यक्तिहरूलाई एफ१ स्टीम स्टेटस पनि उपलब्ध हुनेछ।
स्टडी ग्रुपका युनिभर्सिटी पार्टनरशिपको कार्यकारी उपाध्यक्ष जोशुआ रुबिनले भनिन्, ‘हामी विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विधाका विश्वव्यापी प्रतिभाहरूलाई आकर्षित गर्न अमेरिकी सरकारले पेश गरेको नयाँ योजनाहरुलाई स्वागत गर्दछौँ । यस योजनाले संयुक्त राज्य अमेरिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विधामा डिग्री–स्तरका कार्यक्रमहरू अध्ययन गर्न इच्छुक अन्तर्राष्ट्रिय विद्यार्थीहरूले विश्व–स्तरीय शिक्षा लिन र सम्बन्धित कामको अनुभव प्राप्त गर्न सक्छन्।’ एजेन्सी