५ वर्षसम्मका बालबालिकाका लागि कोभिड खोप ल्याउने

-


     नेपालय न्युज    
     माघ १९ गते २०७८


कोरोना विरुद्धको खोप कम्पनी फाइजर र बायोएनटेकले ५ वर्ष भन्दा कम उमेर समूहका लागि कोभिड विरुद्धको खोप ल्याउने तयारी गरेको छ ।

यी दुई कम्पनीले छिट्टै अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई ५ वर्ष र सो भन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपतकालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेको जनाएको छ ।

अमेरिकामा हालसम्म यो उमेर समूहलाई कोरोना विरुद्धको खोप सिफारिस गरिएको छैन ।

यी दुई कम्पनीले ५ वर्षमुनिका र ६ महिनामुनिका बालकालिकाका लागि दुई थरी खोप लगाउने प्रबन्धका लागि आकस्मिक अनुमति माग्न सक्ने सञ्चार माध्यमले जनाएका हुन् ।

गत महिना अमेरिकी खाद्य तथा औषधि प्रशासनले १२ वर्षका बालबालिकाका लागि फाइजरको कोभिड–१९ बुस्टर मात्रालाई अनुमोदन गरेको थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com