नेपालमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

-


     नेपालय न्युज    
     माघ १८ गते २०७८


नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।
निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो।

अब काठमाडाै‌ं उपत्यकामा पेट्राेलकाे मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेकाे छ भने डिजेल र मट्टितेलकाे मूल्य १२५ कायम भएकाे छ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलाेलिटर १०० अमेरिकी डलर बढाइएकाे छ।
याे सँगै हवाइ इन्धन आन्तरिक प्रतिलिटर ११६ तथा अन्तर्राष्ट्रियतर्फकाे प्रतिकिलाेलिटर १०९५ अमेरिकी डलर कायम गरिइएकाे छ।

WP2Social Auto Publish Powered By : XYZScripts.com