
मनोहरि पाैडेल,
पोखरा । मुडुला कार्की कुल कल्याण परिषद कास्कीको १६औ साधारण सभा एवं ५औ अधिवेशनबाट लोक बहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
परिषदको वरिष्ठ उपाध्यक्षमा नरेश बहादुर कार्की द्धितिय उपाध्यक्षमा कृष्ण बहादुर कार्की महासचिवमा राजेन्द्र कार्की सचिवमा दिपक कार्की कोषाध्यक्षमा गणेश बहादुर कार्की रहेका छन भने सदस्यहरुमा खडक बहादुर कार्की गाेकुल बहादुर कार्की कृष्ण बहादुर कार्की अर्जुन बहादुर कार्की राम्जी कार्की श्रीमती डिलु कार्की अमर बहादुर कार्की रहेका छन् ।
मुडुला कार्की कुल कल्याण परिषद कास्कीका अध्यक्ष लाेक बहादुर कार्कीको अध्यक्षतामा भएकाे १६औ साधारण सभा एवं ५औ अधिवेशन कार्यक्रमकाे प्रमुख अतिथि सिद्धि बहादुर कार्की रहेका थिए भने कार्यक्रममा महासचिव नरेश बहादुर कार्कीले स्वागत मन्तब्य राखेका थिए भने परिषदका पुर्व अध्यक्ष डा महेन्द्र बहादुर कार्की पुर्व महासचिव टिका बहादुर कार्कीले लगाएतले परिषदको १६औ साधारण सभा एवं ५औ अधिवेशन सफल्ताकाे कामना गरेका थिए । कार्यक्रममा परिषदका ८० वर्ष नाघेका अग्रज ब्यक्तीलाइ दोसल्ला अोडाएर सम्मान गरिएको थियो ।
