गैरआवासीय नेपाली संघको इतिहासमा गोल्डेन एजको योजना सहित महासचिवका उम्मेद्वार डा पौडेल

-


     नेपालय न्युज    
     माघ १५ गते २०७८


अमेरिका बस्दै आएका चिकित्सक डा केशव पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२१-२०२३ कार्यकालका लागि अध्यक्षका उम्मेदवार कुल आचार्यको टिमसँग महासचिवको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

डा पौडेल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०१३-२०१५ को लागि सल्लाहकार थिए। २०१५ देखि २०१९ सम्म २ कार्यकाल उनले निर्वाचित अध्यक्षको जिम्मेवारी पुरा गरेका थिए। २०१९-२०२१ को लागि उनि प्रमुख संरक्षक थिए भने अहिले अन्तराष्ट्रिय महासचिवको लागि प्रत्यासी रहेका छन्।

उनको पालामा एनसीसी अमेरिका धेरै पंजीकृत सदस्य बनेर संसारको ठुलो एनसीसी बनेको थियो। त्यसैगरी संघको (अन्तराष्ट्रिय) ९ औं क्षेत्रीय सम्मेलनको होष्ट गर्ने एनसीसी अमेरिकाको अध्यक्ष पनि उनि नै थिए। सो सम्मेलनमा तत्कालिन अध्यक्ष शेष घलेको भिजन २०२० एण्ड वियोण्ड समेत प्रस्तुति गरिएको थियो। नेपालमा मुख्यालय क्याम्पस बनाउन एक करोड भन्दा धेरै फण्ड रेज भएको थियो। लाप्राक नमुना बस्ति निर्माणमा पनि उनको नेतृत्वको समयमा राम्रो पहल हुनाले अमेरिकाबाट ठुलो आर्थिक र अन्य योगदान भएको थियो। २०१५ मा अध्यक्ष निर्वाचित भएर पदभार ग्रहण गर्न नपाउँदै नेपाली अमेरिकी उद्धार तथा राहत टोलीको नेतृत्व गर्दै नेपालमा गएको महाभुकम्पको लागि सेवा दिन पुगेका थिए। सदस्यता शुल्क र अन्य गरि उनको ४ बर्षे कार्यकालमा अमेरिकाबाट संघको केन्द्रलाइ ५ करोड भन्दा धेरै योगदान भएको थियो।

गत अक्टुवर २०२१ मा हुनुपर्ने गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा बिश्वो सम्मेलन वर्तमान कामचलाउ नेतृत्वको असक्षमताका कारण हुन सकेन। यति मात्र होइन इतिहासमा नै पहिलो पटक रोकिएको महाधिवेशन यसका प्रतिनिधि चयन नै मुख्य विवादको कारण हुन पुग्यो। यसका अलावा जापान,चिली, रसिया, न्यूजिल्याण्ड लगायत देशहरुमा संघको भनिएको स्मार्ट एनआरएनए एपको चरम दुरुपयोग गरेर गरिएको निर्वाचनले संघलाइ नै विभाजित बनाएको छ।

यस्तो असहज स्थितिमा गैरआवासीय नेपाली संघको बिधानमा संरक्षक परिषदले जिम्मेवारी लिएर राइट ट्रयाकमा ल्याउने भन्ने ब्यबस्था गरेको छ। त्यसैलाई टेकेर जनवरी १५, २०२२ मा गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको ८१ औं बैठकले संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेको संयोजकत्वमा रहेको परिषदलाइ बढाएर संस्थापक अध्यक्ष र वर्तमान अध्यक्ष सहितको उच्च स्तरीय समिति बनाएको छ। निर्णय अनुसार यहि उच्च स्तरिय समितिले सबै समस्याको समाधान गरेर महाधिवेशन र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पनि दिएको छ। उसो त बैठकले निर्णय गरे या नगरे पनि बिधानले सो ब्यबस्था गरेको छ। अप्रिल १८, २०२२ बिहान देखि त यो काम चलाउ कार्यसमितिको थपिएको म्याद पनि समाप्त भएर संरक्षक परिषदले समस्या समाधान गर्नेछ।

यो स्थितिमा संघको महासचिवका उम्मेदवारी घोषणा गरेका डा केशव पौडेलले कुल आचार्य र आफ्नो नेतृत्वको कार्यकाल गोल्डेन एज सावित हुने दावी गरेका छन। यसका लागि आफूहरुको सामुहिक घोषणा पत्र सार्वजनिक भएको बताए। त्यसलाई देखाउन होइन कार्यान्वयन नै गर्न बनाएको र सफल कार्यकाल बनाउन यथेष्ठ गृहकार्य गरेको पनि उनले बताए। डा पौडेलले यसका लागि आफू महासचिव भएमा डेढ दर्जन भन्दा धेरै कार्यबिधि र मुख्य मुद्धाहरुमा काम गर्ने कुरा पनि जानकारी दिए।

गैरआवासीय नेपाली संघलाइ नेपाल र नेपाल बाहिर प्रतिष्ठित, मर्यादित, सम्मानित र गौरवशाली सँस्था बनाउनको लागि उनले डिटेल योजना बनाएको बताएका छन्। मुख्यालयको ब्यबस्थापान, संघको प्रशाशन, एनसीसीहरुसँगको संबन्ध, नयाँ एनसीसी गठन प्रक्रिया, निष्क्रिय भएका एनसीसीहरुको ठाउँमा बिशेष पहलका कुरा, बिधान र बिधिको अध्ययन र परिमार्जन, प्रोजेक्टहरुको ब्यबस्थापन र नयाँ प्रोजेक्टहरुको सुरुवात, युवा र दोश्रो पुस्ताको लागि युवाहरुद्वारा नै आयोजना गरिने कार्यक्रमहरुलाइ प्रोत्साहन, महिलाहरुको सहभागिता, नेतित्व बिकास र व्यवसायिकताका योजना, नेपालमा पैत्रिक सम्पति र लगानीमा सुरक्षा, गैरआवासीय नेपाली नागरिकताको कानुनमा ब्यवस्थापन, संघको नेतृत्व चयनका लागि निष्पक्ष र व्यवस्थित निर्वाचन प्रणाली, सदस्यताको सहजीकरण र बृहत रुपमा पहुँच, श्रोत बिकास, आपतकालीन कोष, सम्मानित श्रम, बैदेशिक रोजगार कल्याणकारी कोष ब्यबस्थापन, दोहोरो करले गर्दा भएको असहज परिस्थितिको लागि सन्धि गर्न सहजीकरण गर्ने जस्ता क्षेत्रगत र संस्थागत मुद्धा र दर्जनौ अरु कुराहरु गर्न बाँकी छन्, उनले भने।

यस्ता बिषयमा काम नै नभएका चाहिं होइनन। तर गंभिर रुपमा योजना र कार्यान्यन भएका छैनन। मैले मेरो असन्तुष्टि पोखेको होइन तर कतिपय बिषयमा संघले काम नै सुरु गरेको छैन। त्यस्तै संघको नाममा व्यक्तिगत स्वार्थ प्रेरित कामहरु भएका छन्। त्यसैगरी कतिपय कुरा निर्वाचनमा जित-हारलाइ हेरेर गरिएका छन्। धेरै काम त सुरु गरिएका नै छैनन।

नेपाल सरकारले भनेको जस्तो विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको संघभित्र समायोजन गर्नुपर्ने भएको छ। यो एकदम संवेदनशील र उठाउनै पर्ने बिषय हो। जब गैरआवासीय नेपाली नागरिकता र नेपालमा लगानी, सम्पति सुरक्षा जस्ता कुरा उठ्छन अनि यसको टड्कारो आवश्यक्ता देखिन्छ। यसका लागि हामी अब डेटाबेस बनाउने बेला भएको छ।

संघमा राजनीति भनेर धेरै ढ्यांग्रो ठोक्ने काम भएको छ। यो बिषय भनिएको हल्ला भन्दा फरक हो। संघका सबै मुद्धाहरु नेपाल र अरु देशका राजनीतिसँग जोडिएका छन्। देशका सरकार राजनैतिक दलका हुन्छन। अब उनीहरुसँग सहकार्य नगरी हाम्रो मुद्धा कसरी पुरा गर्न सक्छौं ? मैले त आगामी दिनमा यसलाई ब्यबस्थित गर्न संघभित्र एउटा राजनैतिक कमिटी नै बनाउनु जरुरी देखेको छु। यस्तो कमिटीको काम भनेको गैरआवासीय नेपालीका मुद्धालाइ नेपाल सरकार सम्म पुर्याउन सेतुको काम गर्नका लागि हुनुपर्छ।

हाम्रो प्रमुख मुद्धा गैरआवासीय नेपाली नागरिकता नै पछाडी पारिएको छ। २०१५ मा नेपालको संबिधानमा नै ब्यबस्था भएदेखि गैरआवासीय नागरिकताको कुरो यस पहिला नै पुरा हुनुपर्नेमा झन् गति नै लिन सकेको छैन। अब यसलाई हामीले नेतृत्व लिएको पहिलो बर्षभित्र नै पुरा गरिसक्ने योजना सहितको प्रतिबद्धता छ।

यस्ता थुप्रै बिषय छन् जसलाई हाम्रो सहकार्यको टिमले नै न्यायिक र सफल रुपमा अवतरण गर्न सक्छ। हामीसंग प्रष्ट दृष्टिकोण, बिस्तृत कार्ययोजना र कार्यान्वयन तालिका समेत तयार छ। हामी नेतृत्वको लागि तयार भएर उम्मेदवारी घोषणा गरेका हौँ। केवल निष्पक्ष निर्वाचन हुनुपर्यो हामीले अबश्य जित्छौं र नेतृत्व लिएर संघलाइ ऐतिहासिक गोल्डेन एजको रुपमा प्रमाणित गर्नेछौ।

WP2Social Auto Publish Powered By : XYZScripts.com