भारतमा कोरोना संक्रमितको संख्या र मृत्यु दर पनि घट्दो क्रममा

-


     नेपालय न्युज    
     माघ १० गते २०७८


भारतमा ३ लाख ६ हजार भन्दा बढी मानिसमा कोरोना संक्रण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ३ लाख ६ हजार ६४ जना कोरोना संक्रमण भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार ३ लाख ३३ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको थियो भने ५ सय २५ जनाको मृत्यु भएको थियो ।

तर गत २४ घण्टामा संक्रमण र मृत्यु दरको संख्या आइतबारको तुलनामा २७ हजार ४ सय ६९ ले कम हो ।

त्यस्तै गत २४ घण्टामा ४ सय ३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सोहि अवधिमा २ लाख ४३ हजार भन्दा धेरै संक्रमणमुक्त भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल भारतमा २२ लाख ४९ हजार सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com