पोखरा निर्माण व्यवसायी धनपति १० दिनदेखि सम्पर्कविहीन

-


     नेपालय न्युज    
     माघ ९ गते २०७८


पोखरा ।
पोखरामा लामो समयदेखि निर्माण व्यवसायमा संलग्न रोल्पाका धनपति बुढामगर १० दिनदेखि सम्पर्कविहीन बनेका छन् । पोखरा लामाचौर बस्दै आएका मगर कास्कीकै धम्पुसबाट पोखरा आएपछि पुस ३० बाट सम्पर्क विहीन बनेको उनकी श्रीमति टेकमा बुढामगरले जानकारी दिएकी छन् ।
३७ वर्षीय धनपतिको परिवार निर्माण कामकै शिलशिलामा धम्पुस पुगेको र त्यहाँबाट मोटरसाइकल लिन पुस २७ गते मगर पोखरा झरेको टेकमाले जानकारी दिइन् । उहाँको बाइक बिग्रेको थियो बाइकवालाले बोलाएपछि लिन आउनु भएको हो,’ उनले भनिन्, ३० गते फोनमा पनि कुरा भएको छैन । कहाँ हुनुहुन्छ थाहै छैन ।’
पुस २७ गते पनि आफू बाइक लिएरै फर्किहाल्ने भन्दै पोखरा झरेको श्रीमति टेकमाले जानकारी दिइन् । लुगा धुनुपर्ने छ म आइहाल्छु
भन्नुभाथ्ग्यो,’ उनले भनिन् । श्रीमान हराएपछि सबैलाई खोजिदिन उनले आग्रह गरेकी छन् ।
रोल्पा सुनछहरी गाउँपालिकाबाट २०६९ सालमा ज्याला मजदुरी गर्न मगरको परिवार पोखरा आएको थियो । सम्पर्कविहीन बनेका धनपतिलाई कसैले भेटेमा ९८४८६७५७१२ मा जानकारी दिन पनि परिवारले आग्रह गरेको छ । धनपति हराएको बारे परिवारले प्रहरीलाईसमेत जानकारी दिइसकेको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com