नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट

-


     नेपालय न्युज    
     माघ ९ गते २०७८


काठमाडौं । नेपालमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ८८ प्रतिशतमा नयाँ भेरिएन्ट ओमिक्रोन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालमा एस जीन पोजेटिभ भएका ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ वटा नमुनामा ओमिक्रोन र चार नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

एस जीन पोजेटिभ भएका ८८ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको उहाँले जानकारी दिनुभयो । यो नतिजा हेर्दा नेपालमा पनि अन्य मुलुकमा जस्तै ओमिक्रोन भेरियन्टले डेल्टालाई प्रतिस्थापन गरेको डा.अधिकारीको भनाइ छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com