कास्की कांग्रेसको कोषाध्यक्षमा उद्योगी माइकल कर्माचार्य

-


     नेपालय न्युज    
     माघ ८ गते २०७८



नेपाली कांग्रेस कास्कीको कोषाध्यक्षमा माइकल कर्माचार्य मनोनित भएका छन ।

कास्की कांग्रेसको शनिबारको बैठकले युवा उद्योगी कर्माचार्यलाई कोषाध्यक्ष चुनेको हो। उनी पोखराको प्रतिष्ठित व्यावसायिक घराना कर्माचार्य हाउसका निर्देशक हुन्।

कर्माचार्य समूहले खाने तेल, बिस्कुट, खाद्यान्न, चकलेटदेखि डेरीका सामान पनि उत्पादन गर्छ। कांग्रेसको विधानमा सभापतिले कार्यसमितिको सहमतिमा कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था छ।

WP2Social Auto Publish Powered By : XYZScripts.com