सितलदेवी, माटेपानी सामाजिक संस्था गठन

- अध्यक्षमा कार्की

-


     नेपालय न्युज    
     माघ ८ गते २०७८


पोखरा ।
पोखरा १२ को विकास तथा यहाँ रहेका विभिन्न सामाजिक संघ संस्थाहरुलाइ सल्लाह सुझाव दिने उध्यश्यले पुरानोधारा देखि गुम्वाफेदीसम्म बसोबास गर्ने विभिन्न क्षेत्रमा काम गर्ने ब्यक्तीहरुको भेलाले बिनोद बहादुर कार्कीको अध्यक्षतामा सितलदेवी, माटेपानी सामाजिक संस्था गठन गरेको छ ।
संस्थाको तर्दथ समितिको प्रथम उपाध्यक्षमा राम गुरुङ द्धितिय उपाध्यक्षमा सुरज श्रेष्ठ सचिवमा मनोहरि पौडेल सह सचिवमा हरि न्यौपाने कोषाध्यक्षमा जित अस्लामी मगर तथा सदस्यहरमा खिलनाथ सुवेदी,हरि कुमार राजभण्डारी टेक राना शिव प्रसाद कोइरला र युवक थापा रहेका छन् । संस्थाको सल्लाहकारमा लालमोहन गुरुङ र विष्णु कुमार श्रेष्ठ रहेका छन् ।
भेलामा बोल्दै नव गठित सितलदेवी माटेपानी सामाजिक संस्थाका अध्यक्ष विनोद वहादुर कार्कीले पोखरा महानगरपालिका १२ को विकास तथा पोखरा १२ मा रहेका विभिन्न सामाजिक संस्थाहरुलाइ सल्लाह सुझाव दिने उध्यश्यले संस्था गठन गरिएको बताउदै आगामी दिनमा पोखरा १२ मा रहेका विभिन्न सामाजिक ब्यक्तिहरुको सल्लाह सुझाव लिदै संस्था अगाडि बढ्ने बताए ।
भेलामा संस्थाका सल्लाहकार विष्णु कुमार श्रेष्ठ,लालमोहन गुरुङ सितलज्योति क्लवमा उपाध्यक्ष मिन गुरुङ तथा संस्थाका प्रथम उपाध्यक्ष राम गुरुङ द्धितिय उपाध्यक्ष सुरज श्रेष्ठ सचिव मनोहरि पौडेल कोषाध्यक्ष जित अश्लामी सदस्यहरु हरि कुमार राजभण्डारी शिव प्रसाद कोइरला खिलनाथ सुवेदी टेक राना युवक थापा लगाएतले विभिन्न सुझाव दिएका थिए ।

अध्यक्ष बिनोद बहादुर कार्की
WP2Social Auto Publish Powered By : XYZScripts.com