
हाम्रो सनातन वैदिक हिन्दु धर्ममा शास्त्रहरूद्वारा वर्णन गरिएका सोह्र संस्कारहरू मध्यको अतिनै महत्वपूर्ण संस्कार हो शूभ विवाह संस्कार । गृहस्थी जीवन प्रवेशको उत्कृष्ठ सुरूवातको एक कडी हो शूभ विवाह ।
यही तथ्यलाई मनन् गरेर अमेरिकाको टेक्सस राज्यको डालस शहरमा रहेर नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसीएससी) ले हिन्दु तथा बौद्धधर्म संस्कार र संस्कृतिको जगेर्नाका साथै नेपाली र हिन्दु तथा बौद्ध धर्माबलम्वीहरुलाई एक शुत्रमा बाँध्दै आएको छ ।
हुनत बिबाह स्वतन्त्र इच्छा हो। अमेरिकाको नेपाली समाजमा धेरै योग्य बरबधुहरु हुनुहुन्छ, जो आफ्नै समाज, आफनै संस्कृति भित्र बिबाहगरेर घरजमका निम्ति इच्छुक हुनुहुन्छ । तर नेटवर्क वा connecting point को अभाव हुँदा आफ्नो इच्छालाइ मुर्तरुप दिन सकिरहनु भएको छैन। उहाँहरुको सेवा र सहयोगको लागि नै यो “बर बधु मिलन” कार्यक्रम ल्याइएको हो । अमेरिकामा धेरै चर्च, मस्जिद, मन्दिरहरु आदिले पनि आफ्नो समुदायका सदस्यहरुको लागि यस प्रकारका कार्यक्रमहरु संचालन गरेको धेरै उदाहरणहरु इन्टरनेटमा देख्न सकिन्छ।
यही सेरोफेरोमा पछिल्लो समयमा विशेषगरि अमेरिकामा नेपालीहरु तथा नेपालीभाषीको संख्यामा भएको उल्लेख्य वृद्धि भएको छ । चाहे डिभी मार्फत हुन् या विद्यार्थी भिसामा आएर यहीँबाट दीक्षान्त भएका हुन् उनीहरुको संख्या वर्षेनी बढ्दो छ । परिवार संख्या बढेसँगै सामाजीक कर्म गर्नुपर्ने दायित्व पनि बढ्दो छ । विवाह त्यसैको एउटा अभिन्न पक्ष हो ।
एउटै परिवेश, एकै संस्कार र संस्कृतीबाट आएकाहरुबीच वैवाहिक सम्बन्ध कायम हुन सकेमा भविष्यमा दाम्पत्य सम्बन्ध सुमधुर र दीगो हुन्छ । फरक संस्कारबीच सामञ्जस्यता कायम हुन नसक्दा दाम्पत्य जीवन टुटेका, पारिवारिक विखण्डन भएका घटनाहरु पछिल्लो समयमा बढ्दै गएको छ ।
हाम्रो सनातन धर्म, संस्कारका बारेमा बालबालिकाहरुलाई शिक्षा दिनुका साथै उनीहरुलाई माता, पिता, परिवार र मातृभूमि एवं कर्मभूमि प्रति जिम्मेवार उत्तरदायी बनाउन केन्द्रले विगत एक दशकदेखि निरन्तर रुपमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
यही क्रमको निरन्तरता या अर्को कडीका रूपमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले ‘वर–बधु मिलन कार्यक्रम’ थालनी गरेको छ । यस कार्यक्रम अन्तरगत हाललाई उत्तर अमेरिका (अमेरिका र क्यानडा) मा बसोबास गर्ने र वैवाहिक जीवनको सुरुवात गर्नका लागि योग्य वर या वधुको खोजी गरिरहनु भएका व्यक्तित्वहरूले आफ्नो सत्य विवरण यस केन्द्रको वेवसाइटमा राखिएको अनलाईन फारमhttps://www.ourncsc.org/bar-badhu-milan-nepali-matrimony/application-formआफूबाट वा अभिभावकका तर्फबाट भर्न सकिने छ ।
सबै विवरणहरू फारममा उल्लेख भए बमेजिम भरिसकेपछि अनलाइनबाटै पेश गर्ने व्यवस्था मिलाईएको छ ।यसरी अनलाईन मार्फत भरेका विवरणहरु सबै गोप्य रहनेछन् । वर वा वधु चाहनेको नाम, थर वेवसाइटमा प्रकाशित गरिनै छैन । केवल उहाँहरुको वर्ग, उमेर, गोत्र, शैक्षिक योग्यता, रोजगारीको अवस्था, हाल बसोबास गरिरहेको स्थान, वैवाहिक स्थिती र आफूले कस्तो वर वा वधू खोजिरहेको हो भन्ने कुरा मात्र प्रकाशित गरिनेछ । वर या वधुको खोजीमा रहेकाले भरेको विवरणको सम्पूर्ण नियन्त्रण यो कार्यक्रमका संयोजक डा. मुरली अधिकारीज्यू र कार्यक्रमका सहजकर्ता एवं मन्दिरका गुरू आचार्य मेघराज निरौलामा मात्र सीमित रहनेछ । फाराम भर्नेहरूका कुनै विवरणमा अरू कसैको पनि पहुँच (एक्सेस) रहनेछैन ।
वेवसाइटमा सूचिकृत भएका व्यक्तिहरु मध्य विवाहको लागि मन परेमा सुरुमा मन्दिरका गुरू मार्फतनै विवरण लिन सकिनेछ ।
वर वधु मिलन कार्यक्रममा सूचिकृत हुनका लागि संबन्धित व्यक्ति वा अभिभावकले ९९ डलर तिरेर रजिष्टर हुन सक्नेछन् । मन्दिरले सिमित समयका लागि यसमा बढीमा ५० प्रतिशत छुट दिनेछ ।
हिन्दु धर्म संस्कार प्रवर्ध्दन अन्तरगत यो अभियान शुद्ध समाजको हितका लागि अघि बढाउन लागिएको हो । यसले विवाहयोग्य उमेर पुगेर पनि योग्य वर या वधुको मिलन हुन नसकेको वर्गका लागि निकै ठूलो सहयोग पुग्ने अपेक्षा केन्द्रले लिएको छ । वृस्तृत जानकारी वेवसाइटhttps://www.ourncsc.org/bar-badhu-milan-nepali-matrimony/about-barbadhu-program मार्फत पनि जानकारी पाउन सकिनेछ ।
थप जानकारीका लागि निम्न व्यक्ति वा मन्दिरमा सम्पर्क राख्नु हुन अनुरोग गर्दछु ।
– डा. मुरली अधिकारी – संयोजक वरवधु मिलन कार्यक्रम (फोन नं. ४६९४८७९०७०)
– पं.मेघराज निरौला – कार्यक्रम सहजकर्ता तथा गुरू (फोन नं.६८२३१३५३८००)
– पशुपतिनाथ तथा बुद्ध मन्दिर (नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र)
अर्भिङ टेक्सस (फोन नं. ९७२९८६७७७९)
________________
डा. मुरली अधिकारी
संयोजक