मेडिप्लस हस्पिटल र ई–सेवाबीच सहकार्य, अनलाइनबाटै शुल्क तिर्न सकिने

-


     नेपालय न्युज    
     माघ ५ गते २०७८


पोखरा ।ई–सेवा र मेडिप्लस हस्पिटल पोखराबीच सहकार्य भएको छ । ई–सेवासँगको सहकार्यसँगै अब मेडिप्लस हस्पिटलको अपोइन्टमेन्ट तथा सेवा शुल्क अनलाइनबाटै तिर्न सकिने भएको छ । सम्झौतापत्रमा इसेवाका गण्डकी प्रदेश इन्चार्ज बिनोद बोहोरा र हस्पिटलका अध्यक्ष रमेशकुमार थापाले हस्ताक्षर गरेका छन् ।

इ-अपोइन्टमेन्ट बुकिङबाट आफूले जाँच गराउने डाक्टरको उपस्थिति र उपलब्धताबारे अग्रिम जानकारी लिन सकिनेछ । टिकट काउन्टरमा लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्ने, समयका साथै खर्चको बचत हुने, अपोइन्टमेन्ट रद्ध गर्दा अस्पतालको नियम अनुरूप पूर्ण वा आंशिक शुल्क फिर्ता हुने र अपोइन्टमेन्टको समय पुनर्निर्धारित गर्न मिल्ने, अपोइन्टमेन्टको दिन इसेवा एपबाटै सूचना आउने लगायत लाभ सेवाग्राहीले लिन सक्ने बोहोराले जानकारी दिए ।
सम्झौता कार्यक्रमा हस्पिटलका सञ्चालक डा. सरोज पोखरेल, रामजी प्रसाद पोखरेल, प्रवन्धक गौतम पौडेल र इसेवा मनी ट्रान्सफरका गण्डकी प्रदेश इन्चार्ज विजय क्षेत्री र अनिल खड्का, अफिसर सन्देश सापकोटा, सुसन पौडेलको पनि उपस्थिति थियो ।
यो सेवाको सुरूवातले अस्पताल तथा स्वास्थ्य सेवा संस्थाहरूलाई उनीहरूको ओपीडी सेवाहरू सुलभ र व्यवस्थित बनाउने कम्पनीको दाबी छ । कोभिड–१९ को महामारीले उत्पन्न विषम परिस्थितिमा जोखिम न्यूनीकरणका लागि आम जनताले आफ्नो घरबाटै चाहेको चिकित्सक पत्ता लगाई अपोइन्टमेन्ट बुक गर्न सक्ने हस्पिटलका अध्यक्ष थापाले बताए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com