
काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिकोन फैलिएसँगै पशुपतिनाथ मन्दिर बन्द हुने भएको छ । आज राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म पशुपतिनाथको मन्दिर सर्वसाधारणका लागि बन्द हुने भएको हो ।
कोरोना संक्रमण बढ्दै गएकाले आज राती १२:०० बजेदेखि अर्को सूचना नभएसम्म सर्वसाधारण लगायत श्रद्धालु भक्तजनका लागि बन्द रहने पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिव डा. मिलन कुमार थापाद्वारा जारी सूचनामा उल्लेख छ ।
सर्वसाधारणका लागि बन्द रहे पनि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरूमा परम्परागत नित्य पूजा भने हुनेछ ।
