टेक्ससमा यहुदीलाई बन्धक बनाउने व्यक्ति बेलायतीः एफबीआई

-


     नेपालय न्युज    
     माघ ३ गते २०७८


टेक्ससको डेलासमा एक यहुदी पुजास्थलमा चारजनालाई बन्धक बनाउने व्यक्तिको एफबीआईको कारवाहीमा मृत्यु भएको छ । एफबीआईले ती व्यक्तिको पहिचान ४४ वर्षीय बेलायती नागरिक मलिक फैसल अकमरको रुपमा गरेको छ ।

शनिबार कोलिविलेमा बिहानको प्रार्थनाका बेला व्यक्तिले मानिसहरुलाई बन्धक बनाएका थिए । त्यसपछि प्रहरीसँग १० घण्टासम्म चलेको मुठभेडमा गोली लागेका कारण ती व्यक्तिको मृत्यु भएको छ । बन्धक सबैजनालाई सुरक्षित निकालिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई आतंकवादी क्रियाकलाप बताएका छन्, यस्तै बेलायतले हमलाको निन्दा गरेको छ ।

बेलायतका विदेशमन्त्री लिज ट्रसले यसलाई आतंकवाद र यहुदी विरोधीसँग जोड्दै भने, ‘हामी घृणा फैलाउनेहरुविरुद्ध आफ्ना नागरिकको अधिकार र स्वतन्त्रताको रक्षामा अमेरिकाको पक्षमा उभिएका छौँ ।’

डेलास एफबीआईका अनुसार यो षड्यन्त्रमा अकरमबाहेक कोही अन्य व्यक्ति समावेश भए नभएको विषयमा अहिले नै केही भन्न सकिने अवस्था छैन ।

मलिक फैसल अकरमका भाइले पीडितसँग माफी माग्दै एक बयान जारी गरेर उनी मानसिक रुपमा पीडित भएको बताए । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com