वाशिङटन डीसी (अमेरिका) अमेरिकामा उपभोक्ता मूल्य करीब ४० वर्षयताकै उच्च दरमा बढेको छ
गत वर्षको सोही अवधिको तुलनामा डिसेम्बरमा उपभोक्ता मूल्य ७ प्रतिशतले बढेको छ । सुदृढ माग र आपूर्ति अभावबीच उपभोक्ता मूल्य बढेको हो ।
महँगी नियन्त्रण गर्न नीति निर्माताहरु माथि समेत दबाब बढेको छ । अमेरिकी केन्द्रीय बैंकले यही वर्ष ब्याजदर बढाउने अपेक्षा गरिएको छ । अमेरिकाको मुद्रास्फीति गत वर्षको सोही अवधिको तुलनामा डिसेम्बरमा लगातार तेस्रो महीना बढेको हो ।
यो नीति निर्माताहरुले तय गरेको २ प्रतिशतको लक्ष्यभन्दा निकै धेरै हो । यसअघि मुद्रास्फीति यो स्तरमा सन् १९८२ मा थियो । एजेन्सी