गायक यम बरालको दोस्रो बिहे


     नेपालय न्युज,     
     पुष २८ गते २०७८


करिब १० वर्ष एकल जीवन बिताएका गायक यम बरालले दोस्रो बिहे गरेका छन् ।

बरालको पूर्वपत्नी आकृति राणासँग सन् २०११ मा सम्बन्ध विच्छेद भएको थियो । उनले कांग्रेस राजनीतिमा क्रियाशील गीता शिवाकोटी (गीताञ्जली शर्मा)सँग उनले हालै बिहे गरेका हुन् ।

गायक बरालले विहे सार्वजनिक नगरे पनि विहेको भिडियो नै सार्वजनिक भइसकेको छ ।

गायक बरालले भने अहिले पनि दोस्रो बिहे गरेको कुरा अस्वीकार गरिरहेका छन्। तर उनीहरूबीच बिहे भइरहेको भिडिओ नै सार्वजनिक भएको छ।
प्रकाश सुवेदीद्वारा सञ्चालित टेलिभिजन कार्यक्रम बागीनाले सार्वजनिक गरेको भिडिओमा उनीहरू दुलाहा–दुलहीका रूपमा नाचिरहेकाे देखिन्छ।

WP2Social Auto Publish Powered By : XYZScripts.com