फाइजरले गर्यो ओमिक्रोन र मौलिक कोरोना भाइरस विरुद्धको खोप बनाउन शुरु

-


     नेपालय न्युज    
     पौष २७ गते २०७८


वाशिङटन डीसी (अमेरिका) । अमेरिकी फर्मा कम्पनी फाइजर इंकले कोरोना भाइरसको संक्रामक नयाँ भ्यारिएन्ट ओमिक्रोन र यसको मौलिक भ्यारिन्ट दुबैलाई हुने गरी हाइब्रिड खोप बनाउँदैछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्लाले यस्तो बताएका हुन् । खोप सम्बन्धी अनुसन्धान जारी नै रहेको भएपनि कम्पनीले ओमिक्रोनलाई लक्षित गरेर नयाँ, हाइब्रिड खोप बनाइरहेको छ । मार्चमा प्रयोगका लागि अनुमति माग्न कुन खोप उपर्युक्त हुन्छ भनेर निर्णय गर्ने बुर्लाको भनाइ छ ।

फाइजरले खोपको उत्पादन शुरु गरिसकेको छ । प्रयोगको अनुमति पाउने बित्तिकै बजारमा ल्याउने तयारी भइरहेको पनि उनले बताए ।

दक्षिण अफ्रिकामा ओमिक्रोन भ्यारिएन्ट देखा परे लगत्तै नोभेम्बरको अन्त्यमा कम्पनीले विशेष गरी ओमिक्रोनलाई लक्षित गरेर खोप बनाउने घोषणा गरेको थियो ।

कम्पनीले खोपको उच्च मात्राको संस्करण पनि परीक्षण गरेर अहिलेको भन्दाफरक अवधिमा खोप दिन सकिन्छ कि सकिदैंन भन्नेबारे पनि मूल्यांकन गरिरहेको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com