बिशाल सहकारीको रक्तदानमा ६५ युनिट रगत सकंलन

-


     नेपालय न्युज    
     पौष २४ गते २०७८


पोखरा ।

बिशाल बचत तथा ऋण सहकारी सस्थाको बार्षिक कार्यक्रम अन्तरगत आयोजित रक्तदान कार्यक्रममा ६५ युनिट रगत सकंलन भएको छ ।

बिशाल बचत तथा ऋण सहकारी सस्थाँको स्वास्थ्य उप समिति अन्तरगत आयोजित रक्तदान कार्यक्रममा वोल्दै बिशाल बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष भुवन नेम्कुलले सहकारीले विभिन्न समयमा सामाजिक उतर दाहित्वका कामहरु गरिरहेको बताउदै रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरीएको बताए।

सामाजिक उतरदायित्व अन्तरगत सहकारीले रक्तदान कार्यक्रम आयोजना गरेको सहकारीका उपाध्यक्ष शिव शर्माले बताए ।

कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरीएको थियो । कार्यक्रममा रक्त संचार केन्द्र पोखराको प्राविधिक टोलिले आवस्यक सामाग्री सहीत विषेष सयोग गरेको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com